बैतडीका हिमाल भट्टराईद्वारा मेरा शिखर आरोहण
शुक्रबार असोज १७, २०८२/ Friday 10-03-25
Paschim Today

धनगढी।बैतडी पाटन नगरपालिका-१ सकारका हिमाल भट्टराईले ६,४७मिटर अग्लो मेरा शिखर सफलतापूर्वक आरोहण गरेका छन्।
भट्टराईले असोज १५ गते बिहान १०:१२ बजे एकल आरोहीको रुपमा हिमालको शिखरमा पाइला टेक्न सफल भएको जनाएका छन्। आरोहणमा गाइड ओन्छु शेर्पाले लजिस्टिक र सुरक्षाको जिम्मा सम्हालेका थिए।
सफल आरोहणपछि भट्टराईले यो उपलब्धिलाई व्यक्तिगत सपना मात्र नभई सबै नेपाली युवालाई प्रेरणा दिने सन्देशको रूपमा लिएको बताए।
उनका अनुसार,साहस र दृढ संकल्प भएमा बैतडी जस्तो टाढाको जिल्लाबाट आएको व्यक्तिले पनि हिमालयको शिखरमा पुग्न सक्छ।नेपालको पर्वतारोहण क्षेत्रमा भट्टराईले प्राप्तगरेको यो उपलब्धि गौरवपूर्ण मानिएको छ।
तपाईको प्रतिक्रिया