धनगढीमा लागुऔषधसहित २ जना पक्राउ
आइतबार असोज १९, २०८२/ Sunday 10-05-25
Paschim Today

धनगढी : कैलालीको धनगढीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट २ जना पक्राउ परेका हुन्।
नेपाल प्रहरीले शनिवार दिउँसो धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय यलसन चौधरी र घोडाघोडी नगरपालिका–११ का १९ वर्षीय पर्शुराम कठरिया पक्राउ परेका बताएको छ। चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ प २५६८ नम्बरको मोटरसाइकल शँका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट एक ग्राम ४४० मिलिग्राम खैरो हेरोइन फेला परेको हो। उनीहरूलाई मोटरसाइकलसहित प्रहरी चौकी त्रिनगरले पक्राउ गरेको हो। उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
तपाईको प्रतिक्रिया