एनआरएनए नाईजेरियाद्धारा आयोजित रक्तदान कार्यक्रममा ४८ जनाले गरे रक्तदान

आइतबार असोज १९, २०८२/ Sunday 10-05-25
Paschim Today

नाईजेरिया, ५ अक्टोबर

गैर आवासीय नेपाली संघ नाईजेरियाको आयोजनामा आईतवार नाइजेरियाको लेगोसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

रोटरी क्लब अफ लेगोस पामग्रुभ, तमिल एशोसियसन लेगोस र अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ नाइजेरियासंगको सहकार्यमा सम्पन्न कार्यक्रममा ४८ जनाले रक्तदान गरेका थिए ।

रक्तदान जीवन दान भन्ने मूल मन्त्र सहित आयोजित कार्यक्रममा  सोमेश अर्याल, बिन्दु क्षेत्री, बिदुर घिमिरे, खुश्बु घिमिरे, त्रिभुवन झा, संतुप्त दास, राजा करप्पन, भिग्नेश नारायणन लगायतले रक्तदान गरेका थिए । 

गैर आवासीय नेपाली संघ नाईजेरियाका अध्यक्ष सोमेश अर्यालको संयोजनमा रक्तदान कार्यक्रममा सम्पन्न भएको   हो ।