कञ्चनपुर कारागारबाट फरार ११६ कैदी सम्पर्कमा आएनन्

कञ्चनपुर: जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार भएका ११६ कैदी अझै सम्पर्कमा आएका छैनन्।
भदौ २४ गते ४७८ जना कैदी फरार भएकोमा अझै अझै ११६ जना कैदी सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रशासनले फरार रहेका कैदिबन्दीलाई आज साँझ पाँच वजे सम्म कारागारमा फर्किनका लागि सयम सीमा तोकेको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई २० गते भित्र सम्पर्कमा आउनका लागि सूचना प्रकासित गरिएको थियो।
कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही हुने बताए। उनले फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन अनुसार कारबाही हुने बताए।
तपाईको प्रतिक्रिया