अत्तरियाको सुधारगृहभित्र झुन्डिएको अवस्थामा युवक मृत फेला
मंगलबार असोज २१, २०८२/ Tuesday 10-07-25
Paschim Today

कैलाली । कैलालीको अत्तरियास्थित उग्रतारा सुधारगृहमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
सुधारगृहभित्र कञ्चनपुरको पुनर्वास नगरपालिका–७ च गाउँका २७ वर्षीय रमेश तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले जानकारी दिए।
डीएसपी चन्दका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद नदेखिएकाले आत्महत्या भएको हुन सक्ने अनुमान गरिएको छ। मृतकका आफन्तहरू अहिले घटनास्थल पुगेका छन्।
तामाङ बैशाख ८ गतेदेखि उक्त सुधारगृहमा बस्दै आएका थिए।
तपाईको प्रतिक्रिया