सुनको मुल्यमा ऐतिहासिक उछाल
बुधबार असोज २२, २०८२/ Wednesday 10-08-25
Paschim Today

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले आज फेरि ऐतिहासिक कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको हो।
यो मूल्य नेपाली सुन बजारको इतिहासमै सबैभन्दा उच्च हो। यसअघि मंगलबार मात्रै सुन प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भई कीर्तिमान बनाएको थियो। तर, २४ घण्टा नबित्दै उक्त कीर्तिमान तोडिएको हो।
सुनको मूल्य आकाशिए पनि चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ। महासंघका अनुसार, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।
तपाईको प्रतिक्रिया