सरकारलाई महेश बस्नेतको चुनौती- हिम्मत भए केपी ओलीलाई पक्राउ गरेर देखाऊ

बुधबार असोज २२, २०८२/ Wednesday 10-08-25
Paschim Today

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी ओली पक्राउ गरेर देखाउन चुनौती दिएको छ। पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर आफू र केपी ओलीलाई समातेर देखाउन चुनौती दिए ।

उनले सरकारलाई चुनौती दिँदै भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रा बाको हिम्मत छ भनेर समातेर देखाऊ । यो धर्तीमा केपी ओली, एमाले र महेश बस्नेत जिउँदै छ ।’

उनले केपी ओली राष्ट्रियताको पक्षमा, भ्रष्टाचारविरुद्ध लागेकै भएकाले विदेशी षड्यन्त्र भएको जिकिर गरे ।