प्रिमियर इन्टरनेसनलले जित्यो 'डिप्लोमाथन वर्ल्ड सिम्पोजियमको ओभरअल बेस्ट डेलिगेसन' अवार्ड

बुधबार असोज २२, २०८२/ Wednesday 10-08-25
Paschim Today

काठमाडौं । काठमाडौं  प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कूलले नेपालमै पहिलो पटक आयोजना गरिएको डिप्लोमाथन वर्ल्ड सिम्पोजियम मा उत्कृष्ट प्रदर्शन गर्दै ओभरअल बेस्ट डेलिगेसन अवार्ड हात पारेको छ।

कार्यक्रममा विद्यार्थीहरूले जलवायु परिवर्तन, ई–कमर्स, सार्वभौमिक स्वास्थ्य, भविष्यका लागि तयार शिक्षा र फुटबल पर्यटनजस्ता विषयमा बहस र नीति प्रस्ताव प्रस्तुत गरेका थिए। जोशिला भाषण र बहसहरूले उनीहरूको सोच, सर्जनशीलता र नेतृत्व क्षमतालाई निखार गर्ने मौका पाए।

प्रिमियरका विद्यार्थीहरूले सबै तह - प्राथमिक, मिडल र सिनियर हाइस्कुल — मा उत्कृष्ट प्रदर्शन गर्दै बेस्ट डेलिगेट, हाइ कमेन्डेशन र स्पेसल मेन्सनसहितका उपाधि जितेका हुन। बेस्ट डेलिगेट मा दार्शनीका न्यौपाने, शाइरा श्रेष्ठ बताजु, असोस परी, आश्रय अग्रवाल र रुचिका खड्गी चयन भएका छन। हाइ कमेन्डेशन मा अनजु के. घिमिरे, प्रिशा कर्माचार्य र हृदिमा अग्रवाल, र स्पेसल मेन्सन मा शिवाय अग्रवाल र आरोन श्रेष्ठ परेका छन्।

समापन समारोहमा बोल्दै शैक्षिक निर्देशक प्रवीणा थापा ले भनिन्, “प्रिमियर सधैं नयाँ काम सुरु गर्न तयार रहने संस्था हो। नेपालमा शिक्षा स्तरलाई नयाँ उचाइमा पुर्‍याउने यात्रामा डिप्लोमाथन वर्ल्ड सिम्पोजियम महत्वपूर्ण उपलब्धि हो।”

दुई चरणमा आधारित विश्वव्यापी शिक्षण मोडेलमार्फत विद्यार्थीहरूले अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व सीप सिकेर विद्यालयमा प्रत्यक्ष बहस, नीति निर्माण र संकट समाधानका अभ्यास गरेका थिए। आगामी चरणमा, प्रिमियरका विद्यार्थीहरूले डिप्लोमाथन वर्ल्ड सिम्पोजियम ग्लोबल राउन्ड जापान २०२६ मा नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कूलले यस सफलतामार्फत आफ्ना विद्यार्थीहरूलाई आत्मविश्वासी, जिज्ञासु र सहानुभूतिशील विश्व नेतृत्वकर्ताका रूपमा तयार पार्ने प्रतिबद्धता दोहोर्‍याएको छ।