‘१२ गाउँ’को रेकर्ड ‘गौँथली’ले उछिन्यो
बिहीबार श्रावण २८, २०८३/ Thursday 08-13-26
Paschim Today
काठमाडौं । चलचित्र ‘गौँथली’ले नेपाली चलचित्र उद्योगमा ‘१२ गाउँ’को नाममा रहेको रेकर्डलाई उछिनेको छ । ‘१२ गाउँ’को बक्सअफिस कलेक्सनलाई ‘गौँथली’ले पछि पारेको हो ।
बिहीबार बिहान १२ बजेसम्म ‘गौँथली’ले २१ करोड ४० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको विकास बोर्ड स्रोतले जानकारी दिएको छ । ‘१२ गाउँ’को लाइफटाइम कलेक्सन १९ करोड ९२ लाख रुपैयाँ रहेको थियो । समीर भट्ट र विराज भट्ट मुख्य भूमिकामा रहेको यो चलचित्रलाई विराज स्वयंले निर्देशन गरेका थिए ।
‘गौँथली’ साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो । डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिनानालगायत कलाकारको अभिनय रहेको छ ।







तपाईको प्रतिक्रिया