सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले लिए सपथ
शुक्रबार श्रावण २९, २०८३/ Friday 08-14-26
Paschim Today
धनगढी — सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठन भएको छ। नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेशको मुख्यमन्त्रीका रूपमा पदभार सम्हाल्ने बाटो खुलेसँगै उनले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीको शपथ गराएका हुन्। एमालेको समर्थनमा भट्ट मुख्यमन्त्री नियुक्त भएका थिए।
नयाँ सरकारमा एमालेबाट चार जना मन्त्री सहभागी भएका छन्। सन्तोषकुमारी थापा शर्मा सामाजिक विकासमन्त्री, चक्र मल्ल आर्थिक मामिलामन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री तथा जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री बनेका छन्।
मुख्यमन्त्री भट्टसँगै एमालेका मन्त्रीहरूले पनि शपथ लिएका हुन्। नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भने अझै टुंगो लागिसकेको छैन।



-1200x5602026-08-16-03-37-38.jpeg)



तपाईको प्रतिक्रिया