रेडक्रसको जग्गा खरिदमा एक करोड ठगी गरेको आरोपमा पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँच पक्राउ
काठमाडौं ३ भदौ। रेडक्रस सोसाइटीको भक्तपुरस्थित गोदाम भवनका लागि जग्गा खरिद गर्दा ठगी गरेको आरोपमा नेपाल प्रहरीले पूर्वअध्यक्ष सञ्जीव थापासहित पाँचजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई मंगलबार काठमाडौं र भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
सिआइबीका अनुसार पक्राउ पर्नेमा पूर्वअध्यक्ष थापासहित भक्तपुरको मध्यपुरथिमी नगरपालिका– ३, निकोसेराका ५२ वर्षीय राजेश देशमरू, नुवाकोटको समुद्रटारका ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ का ५८ वर्षीय मदनकृष्ण फोजू र बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी छन् ।
रेडक्रस सोसाइटीको गोदाम भवनका लागि जग्गा खरिदमा ठगी भएको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले बताए । ‘भक्तपुरमा रहेको रेडक्रस सोसाइटीको गोदाम भवनका लागि आवश्यक जग्गा खरिद गर्ने क्रममा ठगी गरेको भेटिएपछि पूर्वअध्यक्ष थापासहित पाँचजनालाई पक्राउ गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भने ।







तपाईको प्रतिक्रिया