भजनीमा मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु
बिहीबार भदौ ४, २०८३/ Thursday 08-20-26
Paschim Today
धनगढी : कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कैलालीको भजनी नगरपालिका–४ कुडी स्थित भजनी सुख्खड सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१–०१२ प १६५१ नम्बरको मोटरसाइकल सडक छेउमा रहेको सालको रुखमा ठोक्किएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१ मधुवन शिविर बस्ने ३० वर्षीय मुकेश चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र भजनी, कैलाली लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।







तपाईको प्रतिक्रिया