अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन : अमरेश सिंह

बिहीबार भदौ ४, २०८३/ Thursday 08-20-26
Paschim Today

काठ्माण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियारले आफ्नो दायित्व पूरा गर्न नसकेको आरोप लगाएका छन्। 

बिहीबार राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै उनले अख्तियार न्यायालय र बिचौलिया उत्पादन गर्ने संस्था बनेको टिप्पणी गरे।

उनले अख्तियार प्रधानमन्त्री मातहतको संस्था नभएको बताउँदै प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियारका पदाधिकारी गइहाल्न नहुने बताए।

उनले भने, ‘अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन। अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ।’

उनले भागबन्डाको राजनीति अन्त्य गर्नुपर्ने बताउँदै संवैधानिक निकायलाई पूर्व कर्मचारीहरूको क्लब वा आयोग बन्न दिन नहुने बताए।

यस्तै, उनले निजगढ एयरपोर्टको जग्गा अधिग्रहणमा ठूलो भ्रष्टाचार भएको कुरामा अख्तियार मौन रहेको आरोप लगाए। उनले भने, ‘७–८ अर्बमा बनेको योजनामा २३ अर्ब जग्गा अधिग्रहणमै मात्र पैसा दिइएको छ। जहाँ नेता र उच्च तहका व्यक्तिहरू संलग्न हुन्छन्, त्यहाँ अख्तियारले केही नगर्ने, साना मान्छेलाई मात्रै दुःख दिने?