गाँजा खेतीलाई वैधानिकता दिन सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले

शुक्रबार भदौ ५, २०८३/ Friday 08-21-26
Paschim Today

काठ्माण्डौ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गाँजाको व्यावसायिक उत्पादन तथा औषधिजन्य प्रयोगका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै वाग्लेले गाँजा खेतीलाई वैधानिकता दिने विषयमा अर्थ मन्त्रालयले आवश्यक सहजीकरण गर्ने बताए।

उनले गाँजा उत्पादन र बजारीकरणलाई रोजगारी, आय तथा राजस्वसँगै औषधीय उपयोगका दृष्टिले पनि अध्ययन गरी व्यवस्थित गर्नुपर्ने बताए। यसका लागि विज्ञहरूको अध्ययन र निष्कर्षका आधारमा कानुनी ढाँचा निर्माण गर्न गृह मन्त्रालयसँग समन्वय गरिने उनको भनाइ छ।

वाग्लेले विगतमा प्रतिबन्धित रहेको गाँजाको विषयमा अहिले विभिन्न मुलुकमा नीतिगत परिवर्तन भइरहेकाले नेपालले पनि सम्भावनाबारे गम्भीर अध्ययन गर्नुपर्ने बताए।