युनिक मोर्डन एकेडेमीद्वारा रसुवा भोटेकाशी बाढीपीडितका लागि आर्थिक सहयोग
विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकहरुले दैनिक खाजा खर्चको रकम बचत गरी आर्थिक सहयोग संकलन गरेका हुन्
पश्चिम टुडे, धनगढी १८ भाद्र। युनिक मोडर्न एकेडेमी धनगढी उपमहानगरपालिका वडा नं-२ सरस्वतीनगरले रसुवा भोटेकोशी बाढी पिडितका लागि आर्थिक सहयोग गरेको छ ।

युनिक मोडर्न एकेडेमीले विद्यालयका शिक्षक शिक्षिका, विद्यार्थी र अभिभावकहरुबाट आर्थिक संकलन गरिएको रु ३० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्दार राहत कोषमा जम्मा गरेको विद्यालयका संस्थापक/समाजसेवी रत्ना विष्टले पश्चिम टुडेलाई जानकारी दिनुभयो ।
.jpg)
विष्टले भन्नुभयो ‘सेवा नै धर्म हो, हाम्रो देश नेपालमा रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर ठूलो संख्यामा जनधनको क्षति भएको छ। दैविक विपत्तिको यो घडीमा देश र जनतालाई सानो भए पनि राहत पुगोस् भन्ने उद्देश्यले हाम्रो यस युनिक मोडर्न एकेडेमी स्कुल परिवारका तर्फबाट सहयोग रकम जम्मा गरेका छौं । विपद्को समयमा थोरै–थोरै सहयोगले पनि ठूलो संकट टार्न मद्दत पुग्छ। हाम्रो यो सानो प्रयासले प्रभावित क्षेत्रका नागरिकको घाउमा थोरै भए पनि मलम लाग्नेछ भन्ने विश्वास लिएका छौं।
.jpg)
संस्थापक विष्टले - विद्यालयका तर्फबाटसाना–साना हातद्वारा ठूलो सहयोग गर्ने प्रतिबद्धताका साथै युनिक मोडर्न एकेडेमी स्कुलका प्यारा विद्यार्थी बाबुनानीहरु तथा शिक्षक शिक्षिकाहरुले आफ्नो गच्छे अनुसार आर्थिक सहयोग गर्दै मानव धर्मको पालन गरेकामा गर्व महशुस गरिन्।
विद्यालयकी संस्थापक÷समाजसेवी विष्टले लायन्स क्लब अफ धनगढी क्विनबाट पनि बाढी पिडितका लागि आर्थिक सहयोग गर्नुभएको थियो ।






तपाईको प्रतिक्रिया