सेती अस्पतालमा असोज १ देखि विस्तारित सेवा
शनिबार भदौ २७, २०८३/ Saturday 09-12-26
Paschim Today
धनगढी । सेती प्रादेशिक अस्पताल धनगढीले आगामी असोज १ गतेदेखि विस्तारित अस्पताल सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले विस्तारित सेवाअन्तर्गत ओपीडी नाम दर्ता तथा सेवा लिने समयसम्बन्धी सूचना प्रकाशित गरी जानकारी दिएको हो।
प्रशासनका अनुसार आइतबार तथा अन्य सार्वजनिक बिदाका दिन बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म ओपीडी नाम दर्ता गर्न सकिनेछ।
त्यस्तै, सोमबारदेखि शुक्रबारसम्म विस्तारित अस्पताल सेवाका लागि दुईवटा समय निर्धारण गरिएको छ। माघ १६ गतेदेखि कात्तिक १५ गतेसम्म बेलुकी ५ बजेदेखि ६ बजेसम्म तथा कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बेलुकी ४ बजेदेखि ५ बजेसम्म ओपीडी नाम दर्ता गर्न सकिने अस्पतालले जनाएको छ।
शनिबार विस्तारित अस्पताल सेवा बन्द रहनेछ।
अस्पतालले विस्तारित अस्पताल सेवाको शुल्कसम्बन्धी व्यवस्था स्वीकृत कार्यविधिअनुसार हुने जनाएको छ।







तपाईको प्रतिक्रिया