रसुवा बाढी प्रभावित क्षेत्रमा वायरलेस इन्टरनेट जडान गरिँदै

मंगलबार असोज १३, २०८३/ Tuesday 09-29-26
Paschim Today

काठ्माडौँ- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले रसुवाका बाढी प्रभावित क्षेत्रमा वायरलेस इन्टरनेट पुर्‍याउने तयारी भइरहेको बताएका छन्।

मन्त्री पुनले एक्समा लेख्दै रसुवाका बाढी प्रभावित क्षेत्रका स्कुल, कार्यालय, होल्डिङ सेन्टर र स्वास्थ्य चौकीमा वायरलेस इन्टरनेट पुर्‍याउन विज्ञान तथा प्रविधि मन्त्रालयले तयारी गरिरहेको बताएका हुन्।

उनका अनुसार आईसीटी४डी संस्थाले पठाएका उपकरण लिएर प्रशान्त मानन्धर रसुवा पुगेका छन्। अब एनआरईएन र आईएसपीहरूको टोलीले इन्टरनेट जडान गर्ने तयारी गरेको उनले बताए।

उनले स्थानीय सरकारका प्रतिनिधिलाई आवश्यक सहयोग गर्न आग्रह गरेका छन्।