वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको मनोनयन
मंगलबार असोज २०, २०८३/ Tuesday 10-06-26
Paschim Today
काठ्माडौँ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले वारिसमार्फत मनोनयन दर्ता गराएका हुन्।
शर्माको तर्फबाट पुष्पराज पौड्यालले वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ थप गरिएको हो। यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ।
यस्तै उपसभापतिमा डा मिनेन्द्र रिजालले, कांग्रेस प्रवक्ता देवराज चालिसेले, नेता गोविन्द भट्टराईले र डा मधु आचार्यले उम्मेदवारी दिएका छन्। खुल्ला सहमहामन्त्रीमा अजबाबु शिवाकोटीले उम्मेदवारी दर्ता गरेको कांग्रेसले जनाएको छ।






-1200x5602026-10-07-01-40-19.jpeg)
तपाईको प्रतिक्रिया