कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिमा योगेन्द्र चन्द निर्विरोध
शुक्रबार असोज ३०, २०८३/ Friday 10-16-26
Paschim Today
धनगढी । नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ (ख) बाट नवयुवा समूहअन्तर्गत योगेन्द्र चन्द प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।
१८ देखि २८ वर्ष उमेर समूहको प्रतिनिधित्व गर्दै चन्द निर्विरोध चयन भएका हुन्। एसपीए विद्यार्थी परिषद्का सदस्यसमेत रहेका उनी विद्यार्थी जीवनदेखि नै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय छन्।
चन्दको चयनसँगै पार्टीको प्रदेशस्तरीय संरचनामा युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित भएको छ। प्रदेश महाधिवेशन प्रतिनिधिका रूपमा उनले पार्टी संगठन सुदृढीकरण तथा युवा पुस्ताका मुद्दा उठाउने अवसर पाउनेछन्।







तपाईको प्रतिक्रिया