Close This

हराएको मकालुको विमान दुर्घटनाग्रस्त

चालक दलका दुई जनाको मृत्यु

बुधबार जेठ २, २०७५/ Wednesday 05-16-18
Paschim Today

सुर्खेत, २ जेठ (रासस) : सुर्खेतबाट हुम्लाको सिमीकोटका लागि उडेपछि सम्पर्क बिहिन भएको मकालु एयरको कार्गो विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । 
सुर्खेत विमानस्थलबाट हुम्लाको सिमीकोटका लागि आज बिहान ६ः१६ बजे उडेको मकालु एयरको 9N AUG कार्गो विमान हुम्लाको खार्बुनाथ गाउँपालिकाको बाहुनखर्कमा दुर्घटना भएको हो । 
विमान टुक्राटुक्रा भएको र विमानमा सवार चालक दलका दुई सदस्यको निधन भएको कर्णाली प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहले जानकारी दिए । 
विमानका पायलट किरण भट्टराई र को-पायलट आदित्य नेपालीको मृत्यु भएको उनले बताए ।