Close This

अत्यधिक बर्षाका कारण चीनमा आठको मृत्यु

युगाण्डामा डेढ लाख विस्थापित

शनिबार जेठ ५, २०७५/ Saturday 05-19-18
Paschim Today

चीन-युगाण्डा, ४ जेठ (रासस-सिन्ह्वा) ः अत्याधिक बर्षाका कारण चीनको उत्तरपश्चिमी गान्सु प्रान्तमा आठ जनाको मृत्यु भएको छ भने पूर्बी युगाण्डामा एक लाख ५० हजार भन्दा बढी विस्थापित भएका छन् ।  चीनको दिङसी र लोङगान सहरमा गत बुधबार आएको बर्षाका कारण मृत्यु हुनेहरुको संख्या आठ पुगेको स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

सो बर्षाले तीन हजार ६९० हेक्टर क्षेत्रफलमा रहेको बालीनाली समेत नष्ट पारेको समाचारमा जनाइएको छ । त्यसैगरी युगाण्डामा भइरहेको अत्यधिक बर्षाका कारण डेढ लाख व्यक्ति घरबार बिहीन भएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् । घरबारविहीन भएकाहरूलाई सुरक्षित ठाउँमा रहेका विद्यालय र चर्चहरुमा राखिएको छ भने उनीहरू अझै त्रसित अवस्थामा रहेका छन् । धेरै जना घरबार बिहीन भएको माउन्टेन इल्गोन क्षेत्रमा हरेक बर्ष यस्ता बाढी पहिरोका घटनाहरू हुने गरेका छन् ।