Close This

११ बुँदे मागसहित क्याम्पसलाई ज्ञापनपत्र

बुधबार असार २०, २०७५/ Wednesday 07-04-18
Paschim Today

धनगढी, २० असार स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले विभिन्न ११ बुँदे माग राख्दै मंगलवार क्याम्पसलाई ज्ञापनपत्र बुझाएको

                विगतमा क्याम्पसले गरेको प्रतिबद्धता जनाएको कुनै पनि सहमतिलाई अहिलेसम्म पूरा नगरेको अवगत गराउँदै स्ववियुले ज्ञापनपत्र बुझाएको हो अध्यक्ष चुडामणी भट्टको नेतृत्वमा गएका स्ववियु आवद्ध विद्यार्थी नेताले क्याम्पस प्रमुख डा. पदमराज जोशीलाई ज्ञापनपत्र बुझाए

                ज्ञापनपत्रमार्फत कैलाली बहुमुखी क्याम्पसलाई सरकारी क्याम्पस बनाउन असार मसान्तभित्रै सुदूरपश्चिम विश्वविद्यालयसंग एमओयु गर्नु पर्ने, अवैधानिक ढंगले गठन गरिएको क्याम्पस व्यवस्थापन समिति भंग गरी जिल्ला समन्वय समिति अध्यक्ष धनगढी उपमहानगरपालिकाका प्रमुख उपाध्यक्ष रहने गरी सञ्चालक समितिलाई पूर्णता दिनु पर्ने माग गरिएको

                यसैगरी, क्याम्पस सञ्चालक समितिले निर्णय गरिसकेको स्नातकोत्तर तहमा छात्रवृत्ति वितरण गर्ने निर्णय तत्काल कार्यान्वयन गर्नु पर्ने, छात्रावासलाई मर्मत सम्भार गरी तत्काल सुचारु गर्नु पर्ने, क्यूएए प्राप्त गर्दा गरिएको प्रतिबद्धता अनुसार सम्पूर्ण कक्षामा प्रोजेक्टरको माध्यमबाट पठनपाठन गर्नु पर्ने माग गरिएको

                यस्तै, क्याम्पसमा बीना प्रक्रिया ठूलो संख्यामा आंशिक प्राध्यापक राखेर अध्यापन गराइएकोप्रति स्ववियुले आपत्ति जनाएको आंशिक प्राध्यापकको कारण शैक्षिक गुणस्तर खस्कदों रहेको जनाइएको

                मनोमानी ढंगले क्याम्पसका प्राध्यापकहरुको बिदा स्वीकृत गरी अध्ययन बिदामा पठाउने अध्ययन खर्च समेत विद्यार्थीले तिरेको शुल्कबाट दिने व्यवस्थाको खारेज गरी अध्ययन बिदा सम्बन्धी नयाँ नियमावली निर्माण गरी लागू गर्न स्ववियुले माग गरेको यस्तै निर्माणाधीन अवस्थामा रहेको परीक्षा हल (मेघा हल) लाई पूर्णता दिइ परीक्षाको कारण पठन पाठन अवरुद्ध हुने समस्याको समाधान गर्न आग्रह गरिएको एक वर्षभित्र नयाँ प्राविधिक विषयहरु अध्ययन अध्यापन गर्ने गरी प्रक्रिया अगाडि बढाउन पनि माग गरिएको

                असार मसान्तभित्रै सम्पूर्ण माग सम्बोधन नभएमा साउन गतेदेखि आन्दोलन गर्ने स्ववियुले कैलाली बहुमुखी क्याम्पसलाई चेतावनी दिएको