Close This

किसानको मुनाफा साढे सात करोड

बिहीबार श्रावण ३, २०७५/ Thursday 07-19-18
Paschim Today

पश्चिम टुडे, धनगढी ३ साउन । 
कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीबजार स्थित किसान बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक वर्ष २०७४/०७५ मा ७ करोड ५० लाख रुपैंया मुनाफा आर्जन गरेको छ ।  
नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्न स्वीकृति प्राप्त गरेको उक्त सहकारीको कैलाली जिल्ला भरीमा २१  वटा शाखाहरु रहेका छन । २०५२ सालमा स्थापना भइ कारोबार सुरु गरेको संस्थाको ८ करोड शेयर पूँजी रहेको छ । आर्थिक वर्षको अन्त्य्सम्म संस्थाले १ अर्ब २५ करोड निक्षेप संकलन गरेको छ भने विभिन्न शिर्षकमा सदस्यहरुलाई २ अर्ब कर्जा लगानी गरेको सहकारीका महाप्रबन्धक डम्बरबहादुर शाहले बताए । 
उनले कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको सहकारीको बैंकिङ र लघुवित्त तर्फ गरि ५० हजार ४ सय २ सदस्य रहेको समेत जानकारी दिए । 
सहकारीले गतवर्षदेखि मोबाईल बैंकिङ र ट्याबलेट बैंकिङ सुरुवात गरेको छ भने सहकारीले आगामी आर्थिक वर्ष भित्र लघुवित्त तर्फको कारोबार पेपरलेस गर्ने लक्ष्य राखेको छ ।
सहकारीको २१ शाखा र केन्द्रिय कार्यालयमा गरी १ सय ५८ जना कर्मचारीहरु कार्यरत रहेको महाप्रबन्धक शाहले जानकारी दिए । 
उत्कृष्ट करदाताको प्रमाणपत्र प्राप्त सहकारी संस्थाले यस आर्थिक वर्षमा १ करोड ५१ लाख ५४ हजार ४ शय २७ रुपैया कर तिरेको संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहले जानकारी दिए । उनले सदस्यहरुको विश्वास, कर्मचारीहरुको लगनशिलता र अथक मिहिनेतका कारण संस्थाले सफलता प्राप्त गर्दै गइरहेको बताए ।