Close This

गरिबको हातमा परिचयपत्र

शनिबार श्रावण ५, २०७५/ Saturday 07-21-18
Paschim Today

पश्चिम टुडे, धनगढी ५ साउन । 
धनगढी उप–महानगरपालिकाले आफ्ना सबै वडामा गरिब घर परिचयपत्र वितरण कार्य शुक्रवार देखि सुरु गरेको छ । 
नगर प्रमुख नृपबहादुर वडले वडा नं १ शान्ति टोलकी गंगादेबी कोलीलाई रातो रंगको (अति गरिब), वडा नं १ एयरपोर्ट मुक्त कमैया शिविरकी मैना देवी चौधरीलाई (मध्यम गरिब) पहेलो रंगको, एयरपोर्ट शिविरकै सहविर चौधरीलाई (सामान्य गरिब) निलो रंगको परिचयपत्र वितरण गरी कार्यक्रमको सुरुवात गरेका हुन । 
गरिब घर परिचयपत्रका आधारमा राज्यले दिने सहुलियतमा यहाँहरुलाई प्राथमिकता दिन्छ नगर प्रमुख वडले भने–‘यसलाई सुरक्षित राख्नु होला । पहिलो चरणमा वडा नम्बर १ बाट वितरण सुरु गरिएको हो ।’ शुक्रवारबाट नै १९ वटै वडामा परिचयपत्र वितरण गर्ने कार्य सुरु भएको छ । 
गरिब घर परिचयपत्र कसरी वितरण गर्ने, बितरणको क्रममा आईपर्ने समस्या कसरी समाधान गर्ने भन्ने विषयमा वडा सचिव र वितरणमा खटिने कर्मचारीहरुलाई अभिमूखीकरण गर्ने काम भएको पनि नगर प्रमुख वडले बताए । कर्मचारीहरुलाई निर्देशिका अनुसार नै परिचयपत्र वितरण गर्न सिकाइएकाले धेरै समस्या नआउने उनले बताए । 
राज्यले हामीलाई यसै परिचयपत्रका आधारमा सहयोग र सुविधा दिनुपर्छ गंगादेबी कोलीले भनिन्,‘फेरीपनि म गरिब हुँ भन्दै अड्डाबाट प्रमाणित गराउनु पर्ने चलनको अन्त्य हुनुपर्छ ।’
धनगढीमा ५ हजार ८ सय ८५ जनालाई गरिब परिचयपत्र वितरण गरिने धनगढी उप–महानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंह कार्कीले बताए । जसमध्ये २ हजार ८ सय ५८, मध्यम गरिब १ हजार ८ सय ३७, र समान्य गरिब १ हजार २ सय ९० जनाको नाममा परिचयपत्र वितरण गरिने छ । उनले भने–अति गरिबले रातो, मध्यम गरिबले पहेलो र सामान्य गरिबले निलो परिचयपत्र पाउने भएका छन् ।
देशभरीमा ८ वटा जिल्लामा नमुनाका रुपमा गरिव घर परिचयपत्र बितरण हुदैछ । सरकारले २०७९ सालमा गरिवहरुको सर्वेक्षण तथा नाम संकलन फाराम संकलन भएको थियो । त्यसैगरी धनगढी उपमहानगरपालिकाले नगरका सेवाग्राहीलाई नागरिकता बनाउने फाराम निशुल्क उपलब्ध गराउने भएको छ ।
यस अघि नागरिकता बनाउनका लागि सिफारिस गर्ने फाराम किन्नु पर्ने हुन्थ्यो । यस फारामको २० देखि २५ रुपियाँमा लिएर स्टेशनरी व्यापारीहरुले बिक्री गर्ने गर्दथे । धनगढी उप–महानगरपालिकाले आफ्ना नगरपालिकाका सेवाग्राहीलाई मात्रै