Close This

मैदान परिसरमा वृक्षारोपण

आइतबार श्रावण ६, २०७५/ Sunday 07-22-18
Paschim Today

पश्चिम टुडे, धनगढी ६ साउन ।
धनगढी माध्यमिक विद्यालयको खेल मैदान परिसरमा शनिवार वृक्षारोपण गरिएको छ । जेविक विविधता सन्तति प्रकृति वातावरण बचाउ समाज नेपालको आयोजनामा वृक्षारोपण गरिएको हो । 
    खेल मैदानको छेउछाउमा ३५६ वटा विभिन्न प्रजातिका बोटविरुवा रोपिएको जनाइएको छ । सो अवसरमा वडा नम्बर ८ का वडा अध्यक्ष नारायण बरालको उपस्थिति रहेको थियो ।