Close This

धनगढीलाई शैक्षिक हब बनाउन चाहन्छौ–शाही

बुधबार भदौ २७, २०७५/ Wednesday 09-12-18
Paschim Today


२०५६ सालमा ५२ जना विद्यार्थीबाट पढाई शुरु गरेको सुदूरपश्चिमाञ्चल एकेडेमी १९ वर्षमा आईपुग्दा प्रदेश नं। ७ को प्रतिष्ठित शैक्षिक संस्था बनेको छ । त्रिनगर माध्यामिक विद्यालयका केही कोठा भाडामा लिएर मानविकी र व्यवस्थापन संकायबाट प्लस टुको पढाई शुरु गरेको सुदूरपश्चिमाञ्चल एकेडेमीले बिभिन्न यतिबेला आफ्नै सुबिधा सम्पन्न भवन मात्र सञ्चालनमा छैन । बिभिन्न संकायमा समेत पढाई सञ्चालन गरिरहेको छ । जहाँ प्लस टु देखि स्नातकोत्तरसम्मको पढाई हुन्छ । सुदूरपश्चिमाञ्चल एकेडेमी र सुदूरपश्चिमाञ्चल क्याम्पसमा हाल झण्डै तीन हजार विद्यार्थी अध्ययनरत छन् । सुदूरपश्चिमाञ्चल क्याम्पसले यस शैक्षिक शत्रदेखि व्याचलर अफ ईन्फरेमशन म्यानेजमेण्ट (बीआईएम) र व्याचलर अफ होटल म्यानेजमेण्ट(बीएचएम) समेत शुरु गरेको छ । गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाकै कारण यो सफलता प्राप्त गरेको निर्देशक सुवास शाही बताउछन् । प्रस्तुत छ, थप गरिएका दुई विषय बीआईएम, बीएचएमका विषयमा निर्देशक शाहीसंग गरिएको कुराकानी । 
व्याचलर अफ होटल म्यानेजमेण्ट(बीएचएम) के हो ? र यसको महत्व कस्तो छ ? 
बीएचएम भनेको होटलका लागि वेटर वा कुक उत्पादन गर्ने विषय मात्र होईन । पहिलो कुरा यो कुरा सबैले बुझ्न जरुरी छ । होटलका लागि दक्ष प्रशासक तथा व्यवस्थापक पनि बीएचएमले उत्पादन गर्छ । अहिले होटलमा दक्ष जनशक्तिको आवश्यकता छ । हाम्रो उद्देश्य होटलका लागि चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने हो ।
पर्यटनको विश्वव्यापी रुपमै ठूलो स्कोप छ । पर्यटन प्रबद्र्धनमा होटल व्यवसायको सबैभन्दा ठूलो योगदान हुन्छ । प्रदेश नम्बर ७ मा बीएचएमको अहिलेसम्म पढाई हुने गरेको थिएन । बीएचएम पढ्ने विद्यार्थी पढाई पुरा गरे लगत्तै जागीर पाउने ग्यारेण्टी भएकोले यसको बिशेष महत्व छ ।  त्यही कारण हामीले किन यो विषयको पढाई शुरु गरेका हौ ।
व्याचलर अफ होटल म्यानेजमेण्ट(बीएचएम) को पढाई कत्तिको खर्चिलो छ ?
यो कार्यक्रम हाम्रो प्रदेशमा आउनु आफैमा ठूलो कुरा हो । किनकी यही विषयमा काठमाण्डौं वा अन्यत्र पढ्न जादा निकै खर्चिलो छ । अन्यत्र पाँच लाख ७० हजार रुपैयासम्म खर्च हुन्छ । हामी कहाँ चार लाख ९३ हजार रुपैयामा पढाई पुरा हुन्छ । पार्ट टाईम जव गरेर पनि विद्यार्थीले आफ्नो पढाईको खर्च आफै जुटाउन सक्छ । 
यसको पढाईको बिधि कस्तो हुन्छ रु 
बिहान सैद्धान्तिक पढाई हुन्छ । दिउसो त्यसै बिषयमा अभ्यास गराईन्छ । हामीले यहाँ पढ्ने विद्यार्थीलाई पढाईसंगै धनगढीका थ्रि स्टार लेवलका होटलमा काम गर्ने व्यवस्था मिलाउने छौ । केही होटलसंग सहमती भईसकेको छ । र थप होटलसंग पनि कुरा गरिरहेका छौ । यसको पढाई चार वर्षमा आठ समेष्टेरमा पुरा हुन्छ । पढाई पुरा भएसंगै विद्यार्थीका हातमा सर्टिफिकेट मात्र हुने छैन । उससंग कामको अनुभव पनि हुनेछ । जसले गर्दा उसले देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रका जहाँ सुकै स्टार होटलहरुमा जागीर पाउने छ ।
 
प्रदेश नम्बर ७ मा बीएचएमको स्कोप कस्तो छ ?
अहिलेसम्म प्राबिधिक विषयको पढाईका लागि काठमाण्डौं अथवा भारत जानुपथ्र्यो । हामीले काठमाण्डौं अथवा अन्यत्रका विद्यार्थीहरुसंग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा दिनेछौ । र २१ औ शताब्दी सूचना प्रबिधि शताब्दी हो । हामी कहाँ पढाउने शिक्षक काठमाण्डौं वा अन्यत्रका भन्दा कम अनुभवी छैनन । काठमाण्डौंको बानेश्वरबाट त्रिभुवन विद्यालय टाढा हुन सक्छ । बानेश्वरबाट धनगढी चाडो पुग्न सकिन्छ । यो हवाई सेवाको उपलब्धी हो । अव भूगोलले जनशक्तिको उपलब्धतामा समस्या हुदैन । 
बीआईएम के हो ? यसको महत्व कस्तो छ ?
सूचना प्रबिधिको जानकारी मात्र भएर हुदैन । त्यसको व्यवस्थापकीय क्षमता र ज्ञान हुन जरुरी छ । सूचना प्रबिधिलाई व्यवस्थापनसंग जोडेर दिने शिक्षा नै बीआईएम हो । बीआईएम पढेपछि कोही बेरोजागर हुदैन ।
यो कत्तिको खर्चिलो छ ?
काठमाण्डौंमा बीआईएमको चार वर्षे पढाईमा पाँच लाख ७० हजार रुपैयासम्म खर्च हुन्छ । हामी कहाँ चार लाख ४९ हजार रुपैयामा पढाई पुरा हुन्छ । 
बीआईएम र बीएचएम शुरु गर्दै गर्दा कस्तो रेस्पोन्स पाउनुभएको छ ?
राम्रो रेस्पोन्स पाएका छौ । बीएचम पढ्नका लागि चितवन र हेटौडाबाट विद्यार्थी आएका छन् । हाम्रो टार्गेट प्रदेश नम्बर ७ का विद्यार्थी मात्र नभएर नेपालभरीकै विद्यार्थी हुन् । हाम्रो टार्गेट भारतीय विद्यार्थी पनि हुन् । शुरुमा दुई वटै विषयमा ४०÷४० जना विद्यार्थीको कोटा छ । त्यसैले धेरै विद्यार्थीलाई हामीले पढाउन सक्दैनौ । तर पछि यो संख्या थप्दै जाने छौ ।  
बीएचएम र बीआईएम पढाउने सोच कहाँबाट आयो ?
समय अनुसार शिक्षामा मात्र होईन, सोचमा पनि परिवर्तन आवश्यक छ । सुदूरपश्चिममा शिक्षामा केही आमूल परिवर्तन गर्नुपर्छ भन्ने सोचबाट अभिप्रेरित भएर हामीले काम गर्दै आएका  छौ । हामीले पढाईसंगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिन्छौ । जसले विद्यार्थीको चौतर्फी विकास होस । पढाईसंगै उसमा आत्मविश्वास पनि होस । र त्यस्तो शिक्षा दिने हाम्रो कोशिस हो, जुन शिक्षाले बेरोजगार नबनाओस । सबैलाई रोजगार बनाओस । देशभित्र मात्र नभएर देश बाहिर पनि उसले राम्रो जागीर पाओस । राम्रो सेवा सुबिधा पाओस । यही सोचले हामीले रोजगारीको शतप्रतिशत ग्यारेण्टी दिने बिआईएम र बीएचएमको पढाई शुरु गरेका हौ ।
कुनै पनि विषय पढ्न काठमाण्डौं जानु पर्ने अवस्थाको अन्त्य गर्ने हाम्रो उद्देश्य हो । धनगढीलाई एकेडेमिक हव बनाउने हाम्रो सोच हो । र गुणस्तरमा हामी काठमाण्डौंभन्दा फरक छ, वा कमजोर छ भन्ने महशुस हुन दिने छैनौ । यो हाम्रो प्रतिबद्धता हो ।
कोशिस गरे कुनै कुरा असम्भव छैन, हामीले कोशिस ग¥यौ,धनगढीलाई देशकै क्रिकेट शहरका रुपमा चिनाउन सफल भयौ । आज अन्तर्राष्ट्रिय स्तरमै धनगढी क्रिकेटको शहरका रुपमा चिनिएको छ ।
हामी कुनै पनि क्षेत्रभन्दा कमजोर छैनौ । तर आत्मविश्वासको खाँचो छ । र कोशिसको खाँचो । हामी धनगढीलाई गुणस्तरीय शिक्षाको हव बनाउन चाहन्छौ । र हामीले कोशिस गरिरेहका छौ । तर यो हाम्रो प्रयासबाट मात्र संभव हुदैन । सबैको सहयोग आवश्यक छ ।