डेउडा खेलेर संविधान दिवस मनाइयो (फोटो फिचर)

बुधबार असोज ३, २०७५/ Wednesday 09-19-18
Paschim Today

कृष्ण बिष्ट,
बैतडी, ३ असोज ।
बैतडीमा स्थानीय झाँकी प्रदर्शन सँगै डेउडा खेलेर संविधान दिवस मनाइएको छ । रीति संस्कृतिको संरक्षणका साथै एक आपसमा शुुभकामना आदान प्रदान गर्दै झाँकी प्रदर्शन सहित डेउडा खेलेर संबिधान दिवस मनाएका हुन ।  
बैतडीको पहिचानको रुपमा रहेको छलिया बाजामा रमाउँदै  आफूहरुले संविधान दिवस मनाएको सहभागीहरुले बताएका छन । बैतडीको चिनारी भनेकै छलिया नाच रहेकोले छलिया नाच र झाँकी प्रदर्शन गरी संंविधान दिवस  मनाएको समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । 
यस्तै, जिल्लाको पाटन नगरपालिका वडा नं ८ स्थित खोडपे बजारमा डेउडा खेल्दै संविधान दिवस मनाइएको छ ।