Close This

संघीय सरकारकै राजस्वको भरमा प्रदेश सरकार

सोमबार असोज २२, २०७५/ Monday 10-08-18
Paschim Today

धनगढी, २२ असोज केन्द्र सरकारको राजस्वमा निर्भर रहेको सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको दुई महिनामा नौ करोड ७७ लाख ६५ हजार ४०१ रुपैया राजस्व सङ्कलन गरेको

                सङ्घीय सरकारको राजस्व अनुदान बाहेक आफैले एक अर्ब २९ करोड ६५ लाख ८२ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको प्रदेश सरकारले कूल लक्ष्यको दशमलव ५४ प्रतिशत राजस्व दुई महिनामा सङ्कलन गर्न सफल भएको हो दुई महिनाको अवधिमा भएको उपलब्धी अनुसार एक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सक्ने अवस्था रहेको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले बताए

 

 

                आइतवार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘सङ्घीय सरकारसंग समन्वय गरेर हामीले लक्ष्यभन्दा बढी राजस्व उठाउनेछौं

                चालू आर्थिक वर्ष प्रदेश सरकारले २५ अर्ब करोड ५६ लाख १४ हजार राजस्व उठ्ने अनुमान गरेको कुल राजस्वको ९४ दशमलव ८३ प्रतिशत अर्थात २३ अर्ब ७६ करोड ९० लाख ३२ हजार रुपैया राजस्व सङ्घीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदानमा आधारित रहने पत्रकार सम्मेलनमा जनाइएको

                प्रदेश सरकारले घरजग्गा रजिष्ट्रेशन करबाट सबैभन्दा बढी ३९ करोड ९३ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको दुई महिनाको अवधिमा घरजग्गा रजिष्ट्रेशन करबाट पाँच करोड चार लाख २५ हजार ७१५ रुपैया राजस्व सङ्कलन भएको मन्त्री बोहराले बताए घरजग्गा रजिष्ट्रेशन करमा लिइएको लक्ष्यको दुई महिनाको सङ्कलन १२ दशमलव ६२ प्रतिशत हो’, उनले भने  

 

 

                यसैगरी, सवारी साधनबाट दुई महिनाको अवधिमा चार करोड २५ लाख रुपैया (३१.१७ प्रतिशत) राजस्व सङ्कलन भएको जनाइएको चालू आर्थिक वर्षभरी सवारी साधन करबाट ४० करोड ४१ लाख ९२ हजार ६३ हजार रुपैया राजस्व सङ्कलन गर्ने प्रदेश सरकारको लक्ष्य सवारी साधनमा प्रदेश सरकारले ६० स्थानीय सरकारले ४० प्रतिशत राजस्व सङ्कलन गर्न पाउने अधिकार प्रत्यायोजन गरिएको    

                यस्तै, दण्ड, जरिवाना, न्याय, जफतबाट चालू आर्थिक वर्षको हालसम्म ४७ लाख ७६ हजार रुपैया राजस्व प्रदेश सरकारले उठाएको आर्थिक वर्षभरी यो शीर्षकमा तीन करोड राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य न्याय, मनोरञ्जन, विज्ञापन, कृषि अन्य प्रशासनिक सेवा कर सङ्कलनको विवरण भने प्राप्त हुन नसकेको मन्त्री बोहराले पत्रकार सम्मेलनमा जानकारी दिए

                सवारी साधन कर बाहेक अरु सबै शीर्षकमा प्रदेश सरकारले ४० प्रतिशत स्थानीय सरकारले ८० प्रतिशत कर उठाउने अधिकार रहेको प्रदेश सरकारले अन्य शीर्षकमा करोड, मनोरञ्जन करबाट पाँच लाख, विज्ञापन करबाट १५ लाख, कृषि आयकर अन्य प्रशासनिक सेवाबाट पाँच÷पाँच लाख राजस्व एक वर्षमा सङ्कलन गर्ने लक्ष्य राखेको

                कर तिर्ने बानीको विकासका लागि कृषि क्षेत्रमा न्यून कर लगाएको मन्त्री बोहराले जानकारी दिए  

 

 

                यस्तै, प्रदेश सरकारले एकलौटी रुपमा उठाउन पाउने प्रदेश सेवा शुल्कबाट ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएको यसअघि, प्रदेश विकास शुल्क भनेर राजस्व उठाउने भने पनि सरकारले नाम परिवर्तन गरेको प्रदेश विकास शुल्कलाई प्रदेश सेवा शुल्क बनाउनका लागि मन्त्रिपरिषदबाट स्वीकृति प्रदान गरी प्रदेश सभामा लगिएको मन्त्री बोहराले जानकारी दिए प्रदेश सेवा शुल्क यसअघि, सङ्घीय सरकारको मातहतमा रहेका घरेलु तथा साना उद्योग कार्यालय वाणिज्य कार्यालयले उठाउँदै आएको थियो यो कर अब प्रदेश सरकारले एकलौटी रुपमा उठाउँदैछ

                दुई महिनाको अवधिमा सबैभन्दा बढी राजस्व मालपोत कार्यालयबाट सङ्कलन भएको मन्त्रालयले जानकारी दिएको यो प्रदेशको नौ वटै जिल्लामा गरेर १२ वटा मालपोत कार्यालयहरु रहेको कैलाली, कञ्चनपुर बझाङमा दुई÷दुई वटा मालपोत कार्यालहरु रहेको मालपोत कार्यालयमध्येमा पनि सबैभन्दा बढी धनगढी मालपोत कार्यालयबाट साउन, भदौ महिनामा गरी तीन करोड ३० लाख राजस्व प्राप्त भएको मन्त्री बोहराले जानकारी दिए उनले यातायाततर्फ सेतीको कार्यालयबाट तीन करोड महाकालीबाट ५२ लाख रुपैया राजस्व सङ्कलन भएको बताए

                यस्तै, क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले २५ लाख ४३ हजार राजस्व सङ्कलन गरेको

 

 

                यसैगरी, पत्रकारको एक जिज्ञासामा आर्थिक मामिला तथा योजनामन्त्री बोहराले चालू आर्थिक वर्षको कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेको जनाए विषयगत मन्त्रालयहरुले कार्यक्रमको स्वीकृति लिइरहेका छन्’, उनले भने–‘कार्यक्रमहरु कार्यान्वयनको चरणमा रहेको