Close This

धनगढीमा आजदेखि एलपीएल हुँदै

मंगलबार कार्तिक २७, २०७५/ Tuesday 11-13-18
Paschim Today

धनगढी, २७ कार्तिक । 
धनगढीमा आज मंगलवारदेखि तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिता हुँदैछ । 
आयोजक संस्कार क्रिकेट एकेडेमीले सोमवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतियोगिताको उद्घघाटन खेलमा सिद्धार्थ शिशु सदन र निष्ट भक्तपुरबीच प्रतिस्पर्धा हुने संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताए । 
पत्रकार सम्मेलनमार्फत नै प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको छ भने प्रतियोगितामा सहभागी हुने टिमहरु पनि धनगढी पुग्ने क्रम जारी रहेको जनाइएको छ । प्रतियोगितामा कैलालीका ६, कञ्चनपुरका २, बाँके, काठमाडौ र भत्तरपुरका १÷१ गरि १२ वटा टिमको सहभागिता रहेको छ ।
सहभागी टोलीलाई विभिन्न ४ समूहमा राखेर प्रतिस्पर्धा गराईनेछ भने प्रत्येक समूहको विजेता टोली सेमीफाइनल खेल्नेछन । सेमिफाइनल खेल मंसिर ३ गते हुनेछ भने फाईनल खेल मंसिर ४ गते हुनेछ । संघीय प्रहरी कार्यालय प्रदेश नम्वर ७ को खेल मैदानमा हुने प्रतियोगितामा सहभागि टिमले सम्बन्धित विद्यालयका विद्यार्थी खेलाडी बाहेक ५ जना बाहिरबाट १९ वर्षमुनिका खेलाडी पनि राख्न पाउनेछन् । 
प्रतियोगितामा काठमाण्डौंका २, भक्तपुरको १, नेपालगंजको १, कञ्चनपुरका २ र धनगढीका ६ गरी देशभरका १२ टिम सहभागी छन् । मंगलबार विहान ९ बजे उद्घाटन खेलमा प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पीयन धनगढीको सिद्धार्थ शिशु सदन र भक्तपुरको निष्ट स्कुल भिड्ने छन् । मंगलबारकै दोस्रो खेलमा क्यास्पीयन एकेडेमी धनगढी र शारदा मावि बैयाबेहडी खेल्नेछन् । खेलको उद्घाटन धनगढी उप महानगरपालिकाका मेयर नृप वडले गर्ने जनाईएको छ । 
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने जनाइएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए । 
प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए ।