Close This

पटेलाको नवौं साधारण सभा सम्पन्न

बिहीबार मङ्सिर २०, २०७५/ Thursday 12-06-18
Paschim Today

धनगढी, २० मंसिर । 
धनगढी उपमहानगरपालिका–७ मा रहेको पटेला सामुदायिक वन उपभोक्ता समूहको नवौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । 
    समूहका अध्यक्ष अर्जुन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट प्रमुख अतिथि रहेकी थिइन् । कार्यक्रममा उनले सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणमा सह्रानीय काम गरेको बताइन् । उनले वनमा पाइने पातबाट दुना–टपरी बनाएर आर्थिक आम्दानी वृद्धि गर्न पनि सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरिन् । 
    कार्यक्रममा पटेला सामुदायिक वन उपभोक्ता समूहका कार्यालय सचिव फूलराम चौधरीले चालू आर्थिक वर्षको एक करोड २८ लाख ४९ हजार रुपैया बराबरको वार्षिक आयव्यव विवरण पेश प्रस्तुत गरेका थिए । गत वैशाखबाट वैज्ञानिक वन व्यवस्थापनको कार्य गरिरहेको उक्त सामुदायिक वनको आम्दानीमा वृद्धि भएको छ । सामुदायिक वनबाट भएको आम्दानी वन संरक्षण, आयआर्जन, विकास निर्माण, प्रबद्र्धनात्मक कार्यक्रम, शिक्षा, सामुदायिक विकास लगायतमा खर्च गरिने गरेको कार्यालय सचिव चौधरीले बताए । 
    कार्यक्रममा डिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत राधिका बोहरा, वडा नम्बर ७ का वडा अध्यक्ष सीताराम राना, देवहरिया सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार समितिका संयोजक देवबहादुर सेठी, बेली मिलन सामुदायिक वनका अध्यक्ष चेतराम चौधरी, विद्यार्थी पार्वती चौधरी, उपभोक्ताहरु धर्मसिंह चौधरी, लालबहादुुर चौधरी लगायतले मन्तव्य राखेका थिए । 
    सोही कार्यक्रम मार्फत सामुदायिक वन उपभोक्ता समितिले पटेलाका नौ जना जेहेन्दार विद्यार्थीलाई जनही पाँच हजारका दरले पुरस्कृत पनि गरेको छ ।