Close This

सशस्त्र प्रहरी द्धारा ९१ हजार बराबरको अबैधसमान बरामद

बुधबार मङ्सिर २६, २०७५/ Wednesday 12-12-18
Paschim Today

धनगढी, २६ मंसिर । 
सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर राजश्व तथा भन्सार शुरक्षा कैलाली ५३ नम्बर गुल्मले ९१ हजार बराबरको अबैधसमान बरामद गरेको छ ।

सिमा क्षेत्रबाट चोर बाटो हुँदै नेपाल भित्रा्इरहेको अवस्थामा सो समान बरामद गरेको हो । गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक देब बहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर २ को २ नम्बर घाट ईलाकाबाट उक्त सामान बामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दका अनुसार ९० हजार ६ सय ७५ बरावरका किरानाका सामान, थान कपडा, कस्मेटिक सामान, प्लाष्टिक झिल्ली बरामद गरी कैलाली भन्सार कार्यालयलाई बुझाईएको छ ।

नेपाल भारतको खुल्ला सिमानाकाको मौका छोपेर तस्करी हुने गरेको बताउदै सशस्त्र प्रहरी नायब उपरिक्षक चन्दले सिमामा बस्ने स्थानियलेको सहयोग बिना चारी तस्करी नियन्त्रण हुन नसक्ने बताउनु भयो ।

उहाले सशस्त्र प्रहरीसग भएको श्रोत साधनले सिमामा हुने चोरी तस्करी रोक्न धेरै समस्या भएको बताउनु भयो ।