Close This

सुदूरपश्चिम महोत्सव शुरु 

शनिबार पौष २१, २०७५/ Saturday 01-05-19
Paschim Today

धनगढी, २१ पुष । 

धनगढीको भन्सार रोडमा यस क्षेत्रको पर्यटन, कृषि तथा कला संस्कृतिको संरक्षण गर्न उदेश्यले शुक्रबारदेखि सुन्दर सुदूरपश्चिम महोत्सव शुरु भएको छ । 
महोत्सवको सुदूरपश्चिम प्रदेशका वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले गर्ने उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै को सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले यस्ता महोत्वले यस क्षेत्रमा लोप हुदै गएको कला, संस्कृति तथा भेषभूषाको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । 
महोत्सव र मेलाहरुले स्थानीय उत्पादनको प्रचार प्रसार संगै आन्तरिक तथा बाह्य पयर्टनको विकासमा समेत टेवा पुग्ने जानकारी दिए । पछिल्लो समय हराउँदै गएका कला, संस्कृति तथा भेषभूषाको संरक्षणका लागी प्रदेश सरकार पनि लागि परेको बताए । 
धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले धनगढी उपमहानगरपालिका क्षेत्रमा उत्पादन भएका वस्तुको प्रचार प्रसारका लागी महोत्वले फाईदा पुग्ने बताए । उनले यो संगै धनगढीमा भएका पर्यटकिय क्षेत्रको प्रचार प्रसार पनि हुने बताए । मेयर वडले यस बर्ष सुदूरपचिम महोत्सव नभएको अवस्थामा आफुले यस क्षेत्रको कृषि, पर्यटन र संस्कृति संरक्षणका लागी विश्वज्योति युवा क्लब र शक्ति यूवा क्लबले आयोजनामा गर्न महोत्सवलाई उपमहानगरपालिका बाट अनुमति दिएको बताए । 
महोत्सवको उद्घाटन पुर्व विभिन्न समुदायको झाँकी सहित रातोपुल देखि महोत्सव स्थल सम्म र्याली निकालिएको थियो । महोत्सबमा रहेका ३ सय ५० स्टल मध्ये २० वटा होटल र ३० वटा कृषि प्रदर्शनीका लागि छुट्याइएको उनले बताए ।