Close This

भट्टको हत्या प्रकरण अत्तरीयाका राजु कडायत पक्राउ 

मंगलबार माघ ८, २०७५/ Tuesday 01-22-19
Paschim Today

धनगढी, ८ माघ । 
कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरियामा धारिलो हतियार प्रहार गरी २० वर्षीय युवक अरुण भट्टको हत्यामा संलग्न रहेको आरोपमा थप १ जना पक्राउ परेका छन ।

गोदावरी नगरपालिका वडा नम्बर २  बस्ने १९ बर्षिय राजु कडायतलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले धनगढीको मुख्यबजारबाट प्रक्राउ गरेको जनाएको छ । हत्यामा सगलग्न भएको भन्दै प्रहरीले ३ जना र अपराधि लुकाउन खोजेको भन्दै ३ जना लाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोदावरी नगरपालिका २  बस्ने १९ वर्षिय बिरेन्द्र शाह र सोहि ठाउ बस्ने २० बर्षिय प्रमेश मगर, मुख्य अभियुक्त गोदावरी नगरपालिका–२ शिवशक्ति टोलका २१ वर्षीय विनोद ऐर र अपराधिलाई लुकाउन खोजेको आरोपमा धनगढी उपमहानगरपालिका–३ बोडाडाडीका २२ वर्षीय डेविटसिंह ऐर, भजनी नगरपालिका–२ घर भइ हाल धनगढी–२ मा बस्ने २१ वर्षीया मञ्जु चौधरी खड्का र धनगढी–१३ शिवटोलका २१ वर्षीय लोकेश खत्री रहेका छन् ।

पक्राउ परेका हरुको जिल्ला अदालतबाट म्याद पथगरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।