निःशुल्क बाल रोग विशेषज्ञ शिविर सम्पन्न
आइतबार फागुन ५, २०७५/ Sunday 02-17-19
Paschim Today
पश्चिम टुडे, धनगढी ५ फाल्गुन ।
लायन्स क्लब अफ धनगढी नैनादेवीले कैलारी गाउँपालिकाको दिपेन्द्र माध्यामिक विद्यालय हसुलियामा निःशुल्क बालरोग विशेषज्ञ शिविर गरेको छ ।
शिविरमा २१६ जना बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा नवजीवन अस्पतालका बालरोग विशेषज्ञ डा. सुमन नेपाल, सेती अंचल अस्पताल ईर्मेजेन्सी कक्षका हेल्थ असिस्टेन्ट लायन सुरेश रमण पुरी, फर्मासिष्ट लायन सागर भण्डारी लगायतको स्वास्थ्यकर्मीको टोली रहेको थियो ।
लायन्स क्लब अफ धनगढी नैनादेवीका अध्यक्ष लायन प्रेम राज बि.सीको सभापतित्वमा सम्पन्न भएको शिविरमा सिनियर डिष्ट्रिक एडभाईजर एमजेएफ लायन सि.बि चन्द, रिजनल चेयर पर्सन लायन चेत राज पनेरु, एसिटी लायन सम्झना अधिकारी, निवर्तमान अध्यक्ष लायन गोबिन्द अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया