Close This

ट्रम्पका एकजना सहयोगीद्धारा राजीनामाको घोषणा

जीनामा दिने घोषणा

बिहीबार फागुन १७, २०७४/ Thursday 03-01-18
Paschim Today

वासिङ्टन, १७ फागुन रासस अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना सहयोगीले आफ्नो पदवाट राजिनामा दिने बुधबार घोषणा गर्नुभएको छ । पूर्व मोडल समेत रहेकी राष्ट्रपति ट्रम्पका सञ्चार निर्देशक होप हिक्सले राजीनामा दिने घोषणा गर्नुभएको बताइएको छ । हिक्सले ट्रम्पसँग अमेरिकी राष्ट्रपति हुनुभन्दा पहिलेदेखि नै कामगर्दै आउनुभएको छ । उहाँ राष्ट्रपति ट्रम्पका लामो समय काम गर्ने सहयोगीमध्येका एकजना हुनुहुन्छ । गत सेप्टेम्बर महिनाबाट २९ बर्षीया हिक्स ह्वाइट हाउसमा सञ्चार निर्देशक पदमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति ट्रम्पले हिक्स साँच्चिकै असल व्यक्ति भएको टिप्पणीगर्दै उनको अभाव खट्किने बताउनु भएको छ । 
हिक्सले आफूले राजिनामा दिने भनेर प्रकाशन गर्नुभएको एक विज्ञप्तिमा राष्ट्रपति ट्रम्पलाई घन्यवाद दिने कुनै शब्द नभएको बताउनु भएको छ । हिक्सले राजिनामा दिने घोषणा गर्नुभएको भए पनि कहिलेबाट लागू हुनेहो भन्ने बारेमा भने प्रष्ट नभएको ह्वाइट हाउसका प्रवक्ताले बताउनु भएको छ । उहाँले उहाँले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा आफूले झुटो नबोलेको बताउनुभएको अमेरिकी सञ्चार माध्यमहरुले बताएका छन् । सन् २०१६ मा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमाका समयमा हिक्सले ट्रम्पको प्रेस सचिवका रुपमा काम गरेको बताइएको छ ।  सन् २०१७ को जनवरीमा ट्रम्प राष्ट्रपति भएपछि उहाँले नियुक्त गरेका सहयोगी तथा सल्लाहकारमध्ये पदबाट राजीनामा दिने उहाँ तेस्रो व्यक्ति हुनुहुन्छ ।