ट्राफिक व्यवस्थापनवारे मुख्यमन्त्री भट्टको चासो
मंगलबार चैत ६, २०७४/ Tuesday 03-20-18
Paschim Today
धनगढी,६ चैत ।
७ नम्बर प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रदेशको ट्राफिक व्यवस्थापन वारे चासो राखेका छन् । सोमबार प्रदेश नम्वर ७ का क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरिक्षक योगेश वहादुर पाललाई आफ्नै कार्यकक्षमा बोलाएर यहाँको ट्राफिक व्यवस्थापन वारे बुझेका छन् । भेटमा ट्राफिक प्रहरी प्रमुख पालले पहाडी क्षेत्रमा ट्राफिक व्यवस्थापनको खासै समस्या नभए पनि तराईका २ जिल्लामा समस्या रहेको बताए । उनले जनशक्ति अभावभएकाले पनि ट्राफिक चुनौती थपिदै गएको जानकारी गराए । मुख्य मन्त्री भट्टले ट्राफिक नियमको कडाईका साथ पालना गराउन निर्देशनदिदै नियम कार्यान्वयनका सिलशिलामा कसैले अटेर गरे आफुलाई सोझै फोन गरेर जानकारी दिन सकिने बताए ।
तपाईको प्रतिक्रिया