Close This

१ लाख २१ हजार राशिको बान्नीगढि क्रिकेट लिंग हुदै 

उपविजेता हुने टिमले ४१ हजार पुरुष्कार  पाउने

मंगलबार बैशाख ४, २०७५/ Tuesday 04-17-18
Paschim Today

कमल रावल, अछाम, बैशाष ४ । अछामको बान्निगढी जयगढ़ गाउँपालिका ५ थालाकोट् खेल मैदानमा जिल्लामै ठुलो धनराशिको क्रिकेट प्रतियोगिता हुने भएको छ । बान्निगढी जयगढ़ गाउँपालिकाको आयोजनामा बैशाख ५ गतेबाट प्रतियोगिता सुरु हुने छ । क्रिकेट प्रतियोगितामा प्रथम हुनेलाई १ लाख २१ हजÞार , उपविजेता हुने टिमले ४१ हजार पुरुष्कार  पाउने छ । प्रतियोगितामा उत्कृष्ट टिम, उत्कृष्ट खेलाडी सहीतका पुरुष्कार दिईने आयोजकले जनाएको छ । जिल्लाका खेलाडीको प्रतिभा पहिचान सहित क्रिकेटको विकासका लागि हुने प्रतियोगितामा जिल्ला बाहिरका टिमले खेल्न नपाउने आयोजकले जनाएको छ । तर क्षेत्रीय स्तरका ३ जना खेलाडीलाई एक टिमले अनुबन्ध गर्न पाउने निर्णय भएको खेलकूद प्रतियोगिता संयोजक रेबन्तजंग रावलले बताए । सहभागि हुने टिमलाई आधिकारिक क्लवको लेटर प्याड, १६ जना खेलाडीको नामावली सहीत नेपाली नागरिकताको प्रमाणपत्र अथवा परिचय खुल्ने अन्य कागजात अनिवार्य बनाईएको रावलले बताए । थालाकोट मैदानमा ४ बर्ष देखि ठुलो प्रतियोगिता हुन सकेको थिएन ।