Close This

आंशिक बजेट साता भित्रै ल्याउँछौं  ः मन्त्री बोहरा

प्रदेश सरकारले ल्याउने बजेटको आकार १ अर्ब २ करोड ५ लाखको रहने

मंगलबार बैशाख ४, २०७५/ Tuesday 04-17-18
Paschim Today

पश्चिम टुडे, धनगढी, बैशाष ४ । ७ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आशिंक बजेट यसै साता भित्र ल्याउने बताए ।  सोमबार सरकारको निति तथा कार्यक्रम पास भएपछि प्रतिकृया दिदै मन्त्री बोहराले भने,‘सबै बाटो खुलेको छ अव बजेट ल्याउँछौं ।  बजेट ल्याउनका लागि आफु अन्तिम तयारीमा जुटेको बताएका छन् । आंशिक बजेका लागि आन्तरीक तथा वाह्य तयारी गरिरहेका मन्त्री बोहराले प्रदेशका मन्त्री,प्रदेश सभा सदस्यहरु,प्रदेशका ८८ स्थानीय निकायका प्रमुखहरु, उद्योगी व्यापारी,शिक्षाविद् र सरोकारवालाहरु संगको छलफल यस अघि नै पुरा गरिसकेको बताएका छन् ।  बजेट सिलिङ्ग सबै मन्त्रालय बाट आर्थिक मामिला तथा योजना मन्त्रालय आई सकेको समेत मन्त्री बोहराले जानकारी दिए । प्रदेश सरकारले ल्याउने बजेटको आकार १ अर्ब २ करोड ५ लाखको रहने छ ।