अध्यादेश फिर्ताको माग गर्दै नेविसंघ सडकमा
शुक्रबार बैशाख १२, २०७७/ Friday 04-24-20
Paschim Today
धनगढी, १२ बैशाख ।
नेपाली विद्यार्थी संघले सरकारले ल्याएको अध्यादेशको बिरोधमा आज धनगढीमा प्रदर्शन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सभा अगाडि सामाजिक दूरी कायम गर्दै नेबिसंका नेताहरुले छातिमा सरकारले ल्याएको अध्यादेशको खारेजीको माग सहितका नारा अंकित पर्चा टाँसेका थिए ।
नेविसंघका नेता बिनय लामाले सरकारले ल्याएको अध्यादेश खारेज नभए कडा प्रतिकारमा उत्रिने बताए ।
उनले सरकारलाइ यतिबेला कोरोना रोकथाममा ध्यान दिन समेत आग्रह गरे ।
तपाईको प्रतिक्रिया