धनगढीमा ड्युटीमा खटिएका  सुरक्षाकर्मीहरुलाई युवा उद्योगी  अग्रवालद्धारा पानी र जुस वितरण 

आइतबार बैशाख २१, २०७७/ Sunday 05-03-20
Paschim Today


धनगढी, २१ बैशाख ।
कोरोना संक्रमणको जोखिमका बीच अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई धनगढीका एक युवा उद्योगीले मिनरल वाटर र रियल जुस निशुल्क उपलब्ध गराएका छन् ।

रश्मी एग्रो प्रोसेसिङ उद्योगका सञ्चालक युवा उद्योगी मनोज अग्रवालले घामपानी नभनी कोरोनाको जोखिमका बीच नागरिरकको सुरक्षाका लागि अहोरात्र खटिएका सुरक्षाकर्मीहरुलाई मिनरल वाटर र रियल जुस  उपलब्ध गराईरहेका छन् ।

सुरक्षाकर्मीलाई हाम्रो साथ नारा दिएर आजदेखि शुरु गरिएको निशुल्क मिनरल वाटर र जुस उपलब्ध गराउने कार्य लकडाउन अबधिसम्म जारी  राख्ने रश्मी एग्रो प्रोसेसिङ उद्योगका सञ्चालक अग्रवालले बताए ।

युवा उद्योगी अग्रवालका अनुसार धनगढी नगरको राजपुरदेखि क्याम्पस चौकभित्र खटिएका सशस्त्र प्रहरी, प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीहरुलाई आज बिहानदेखि मिनरल वाटर र रियल जुस प्रदान गर्न थालिएको हो ।

यो कार्य सरकारले लकडाउनको समयाबधि तोकिएको बैशाख २५ गतेसम्म जारी राख्ने अग्रवालले बताए ।
उनले आवश्यक परे बैशाख २५ गतेपछि पनि यो कार्य जारी राख्ने बताए ।

ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुका लागि पिउने पानीको व्यवस्था समेत नभएको जानकारी पाएपछि युवा उद्योगी अग्रवालले स्वर्फुत ढंगले उनीहरुलाई मिनरल  वाटर र रियल जुस वितरण गर्न थालेका हुन् ।