सुदूर पश्चिम समाज दिल्लीद्धारा छाक टार्न समस्या भएका नेपालीलाई राहत सामग्री प्रदान
बिहीबार जेठ १, २०७७/ Thursday 05-14-20
Paschim Today
दिल्ली, १ जेठ ।
लक डाउनका कारण छाक टार्न समस्या भएका भारतको उत्तप्रदेशको गाजियावादमा रहेका नेपालीहरुलाई सुदुर पश्चिमेली समाज दिल्ली राज्यसमितिले राहत सामग्री सामग्री प्रदान गरेको छ ।
सुदूर पश्चिमेली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले छाक टार्न समस्या भएका नेपालीहरुलाई छ हजार चार सय भारतीय रुपैया बराबरको राहत सामग्री सहयोग गरेको बताए ।
समाजले बिभिन्न स्थानमा अलपत्र परेका र छाक टार्न समस्या भएका नेपालीहरुलाई राहत सामग्री सहयोग गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया