अभिनेत्री ऋचाको टिप्पणी- ‘कसैले हामीलाई महानायिका बनाउनु पर्दैन, रजतपट फेर्ने बेला आयो’
काठमाडौं, २५ साउन । पछिल्लो समय अभिनेत्री पुजा शर्मा र सिने पत्रकार तथा निर्देशक प्रकाश सुवेदीबीचको विवादले सिने क्षेत्र गर्माएको छ । सुवेदीले एक टेलिभिजन कार्यक्रममा पुजालाई इंगित गर्दै ‘दाह्रा निस्केकी नायिका’ भनेर आपत्तीजनक अभिव्यक्ती दिएपछि यो विषयले चर्चा पाएको हो ।
यसै विषयमा अभिनेत्री ऋचा शर्माले पनि कडा शब्दमा टिप्पणी गरेकी छन् । उनले अभिनेत्री पुजाको समर्थनमा आफ्नो धारणा राख्दै उनले आफ्नो परिश्रम र क्षमताले कलाकार भएकोले कसैले आफुलाई महानायिका बनाउनु नपर्ने बताएकी छिन् । त्यस्तै उनले ‘जबजब मान्छेले आफुलाई संरक्षक कहलाई अहँकार र अभिमानको बाटो रोजेका छन्, ठूलाठूला मै हुँ भन्नेले पनि गद्दी छोड्नु परेको छ भन्दै टिप्पणी गरेका छन् ।
उनले लेखेकी छन्– ‘तँ दारे छस, त काली छस, भ्यात्त परेकी परेकी छस । यस्ता शब्द तपाइ लाई राष्ट्रिय टेलिभिजनमा एउटा कार्यक्रम प्रस्तोताले भनेको सुन्दा कस्तो लाग्ला र ?’ उनले थप लेखेकी छन्, ‘एउटा अभिनेत्री र त्यो भन्दा पहिला एउटा नारीको हैसियतले यस समाजले हामीलाई कसरी जिउनु पर्ने, समाजमा अटाउन कस्तो देखिनु पर्ने, कस्तो लगाउनु पर्ने, कसरी हिड्नु, बोल्नु, खानु पर्ने भनेर बारम्बार सिकाइएको वा टिप्पणीको माला लगाईंदिएको देख्दा, आक्रोश, हिनता र अस्थिरताले सताउछ ।’
उनले लेखेकी छन्- ‘ मेरो शरीरको बनावट उनीहरुले चाहेझै बनाउ, म आर्टिफिसियल, देखावटी हुन्छु, नबनाउ त म मोटी, दारा भएको, काली, भयात्त परेकी हुन्छु । जबजब मान्छेले आफुलाई संरक्षकलाई अहँकार र अभिमानको बाटो रोजेका छन, ठूलाठूला मै हु भन्नेले पनि गद्दी छोड्नु परेको छ । मलाई म र तपाईंलाई तपाईं बन्न नदिनेलाई अब चुप लगाउनुहोस। कसैले हिन्दीमा तपाईलाई उखान सुनाएमा, अंग्रेजीमा ‘आई एम अनएपोलोजेटिकल्ली अनिङ माईसेल्फ, क्यान यु काईन्डली शट अप’ भनिदिनुहोस । हामी हाम्रो परिश्रम र क्षमताले कलाकार भएका हौं, कसैले हामीलाई महानायिका बनाउनु परेको छैन। कठै हाम्रो समाज र ती अग्रज भनाउदाहरु, त्यों भन्दा कठै उनिहरु को सोच । तर अब ती कठैका सोचबीच म कठैबरा बन्दिन।’
उनले आफू एक दशकदेखि यस क्षेत्रमा रहिरहेको उल्लेख गर्दै भनेकी छन्, ‘मेरा अग्रज दिदीहरु र नयाँ बहिनीहरुलाई भन्न चाहन्छु कि चाहे जो सुकैले तपाईलाई चार दिनको चन्द्रमा र त्यसपछि औंशी भन्छन, तिनलाई हाँसेरै भन्दिनुस की दोष तिनको दृष्टिकोणमा छ, सिकाईदिनुस कि औंशीमा चन्द्रमा गायब हुने होइन, फरक प्रकाश कहाँ पर्छ भन्नेमा हुन्छ । सुनाई दिनुस, चन्द्रमा आफ्नो दागबीच नै सुन्दर छ। रह्यो कुरा राष्ट्रीय च्यानेल भनेर प्रसारण गर्नेहरुको, सायद अब उहाँहरुले स्वतः समिक्षा गर्ने अवसर पाउनु भएको छ। मैले बुझेको रजतपटको अर्थ चलचित्र घरको पर्दा हो । तर हिजो आज मैलो हुदै गएको छ, सायद धुने बेला आएको छ, सायद फेर्ने बेला आएको छ ।’
तपाईको प्रतिक्रिया