के हो गलत र सहि स्पर्श (छुवाई)

केशवी जोशी ।
तिम्रो शरिर तिम्रो हो । त्यसलाई छुने अधिकार कसैलाई पनि छैन् । तिमीले आफ्नो ओठ, गर्दन, छाती, मलद्धार र गुद्दद्धारमा कसैलाई छुन नदिनु । तिम्रा यि अङ्गहरु संवेनशिल हुन । यदि कसैले यि अङ्गलाई छुने, चुम्ने वा समात्ने गर्छ, तिमीलाई घुरेर हेर्छ भने हामीलाई भन्नु । त्यति मात्र नभई तिमीलाई कसैले समात्दा वा छुदा डर, दुख, माया नगरेको जस्तो र आफ्नो जस्तो लाग्दैन भने,यस्ता कुरा लुकाउन हुदैन र सबैलाई भन्नु पनि हुदैन् । यदि तिमीले त्यस्ता कुरा लुुकायौ भने उस्ले तिमीलाई झन बढि यातना दिन्छ भनेर सम्झाउन सकिन्छ ।
हामीले ३ बर्ष माथिका बालबालिकालाई राइट टच र व्याड टच अर्थात सहि छुवाई र गलत छुवाईका बारेमा सम्झाउन सक्यौ भने हाम्रा बालबालिका यौनहिंसाबाट जोगिन सक्छन् ।
प्राइम टेलिभिजनमा प्रस्तोता ऋषि धमलाले जुन ३०,२०२० मा दुइ जना पीडित बालिका र उनका परिवार संगगरेको कुराकानीबाट पनि यो प्रष्ट हुन्छ कि ति बालिकाहरु राइट टच र व्याड टचका बारे जानकार नै थिएन । जसका कारणपिडकले सुरुमा गरेको हिसांलाई उनीहरुले मायाको रुपमा हेरेको र पछि हिंसा बढ्दै गएपनि पिडकको डर र त्रासका कारण सहने गरेको देखिन्छ ।
मुलुकी संहिताले बालयौन दुराचारको विषयलाई छुट्टै अपराधको रूपमा राखेको छ । मुलुकी अपराध संहिता, ऐन २०७४ को दफा २२५ मा, कसैले करणीको आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिन्छ । बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेकोछ ।
त्यस्तै, बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडित बालबालिकाको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था समेतछ ।
पश्चिमा देशहरुमा बालबालिकालाई नचिनेको मान्छेसँग बोल्नु हुँदैन, परिवारका सदस्यबाहेक अरुसंग विश्वास गर्नुहुदैन् भन्ने कुरा सानै देखि सिकाइएकोहुन्छ । त्यहाँका विद्यालयको पाठ्यक्रममा यौन शिक्षा समावेश गरिएको छ । विद्यार्थीलाई कहाँ–कहाँ छुनु हुन्छ, कहाँ हुँदैन भन्ने सानैदेखि सिकाइएको हुन्छ ।
नचिनेको मान्छेसँग बोल्नु हुँदैन भन्ने त हामी पनि सिकाउछौ । तर, चिनजानका मान्छेबाट पनि तिमी असुरक्षित हुनसक्छौ भनेर सिकाउदैनौ । कसैले आफ्ना बालबालिका संग खेलेको देख्दा, चकलेट दिदा हामी खुसि हुन्छौ, निसंकोच एकछिन् खेलोस भनेर छोडिदिन्छौ । हो,त्यहिबाट बालबालिका माथि यौनहिंसा सुरु भएका कयौ घट्नाहरु हामी माझ छन् । सबै मानिसको मनसाय खराब हुदैन तर पनि हामी सचेत हुन आवश्यक छ ।
हामीले आफ्ना छोराछोरीलाई गलत र सहि छुवाइका बारेमा बुझाउन सकेका छैनौ । अर्थात कसैले आफ्नो शरिरलाई छुदा वा बोक्दा उक्त मानिसको मनसाय कस्तो छ भनेर बुझनका लागि बालबालिकालाई जानकार बनाउन आवश्यक छ । त्यसका लागि बालबालिकालाई उनको हक र अधिकारका बारेमा जानकारी दिनु पर्छ । उनीहरुलाई आफ्नो शरिरको बारेमा विशेष ज्ञान दिनु आवश्यक छ । केहि सरकारी र गैरसरकारी संघ संस्थाहरुले केहि ठाउँहरुमा सहि र गलत छुवाईका बारेमा कार्यक्रमहरु चलाएको देखिन्छ । तर,यो पर्याप्त भएको छैन् ।
त्यसका लागि पहिलो कार्य विद्यालयहरुको हुन आउछ । पहिलो कारण त बालबालिकाहरु शिक्षक शिक्षिकाहरुबाट बढि प्रेरित हुने गर्छन् । हुन त कतिपय शिक्षक र शिक्षिकाले समेत सहि छुवाइ र गलत छुवाइका बारेमा थाहाँपाएका छैन्न् । त्यसमाथि दुर्गममा रहेका शिक्षक र अविभावकहरुमा बालबालिकालाई स्पर्श गर्दा ध्यानदिनु पर्छ भन्ने ज्ञानको समेते अभाव छ । छिट्टै बुझ्ने र बुझाउन सक्ने कला भएकाले शिक्षकहरुलाई यसबारेमाजनाकारी लिन र दिन सजिलो हुन्छ ।
गलत र सहि छुवाइका बारेमा अभिभावकले आफ्ना बालबालिकालाई बुझाउन नसक्नु, बालबाकिाले भनेका कुराहरुमा विश्वास नगर्नु र, बालबालिकाले डरले सबै कुरा लुकाउनुले यस्ता समस्या घट्नुको साटो बढिरहेका छन् ।धेरै जसो बालबालिकाहरुले आफ्नो शरिरका अंगहरुर शारिरीक बनाओटका बारेमा जानकारी दिनु आवश्यक छ । त्यसमा पनि यौनाङ्ग र यौनका बारेमा बुझ्नै नक्कने अवस्थाका बालबालिका बढि यौनहिसांमा परेका हुन्छन् । तर, बुझ्न सक्ने उमेरका बालबालिकालाई पनि यौनाङ्ग र यौनका बारेमा खुलेर सम्झाउन सकिरेका छैनौ । जसका कारण उनीहरुले बलात्कार लगायतका यौनजन्य हिंसा खेपिरहेका हुन्छन् ।
प्राय जसो बालबालिका माथि हुने यौनहिसां आफन्त,नाता गोताबाट नै भएकोे तथ्याङ्कले देखाउ छ । त्यस्ता हिसांहरु मायाको नौटकिबाट सुरु भएका हुन्छन् । बालबालिकाले सुरुमा सहि र गलत छुवाइ केहो भनेर थाहाँ पाउदैनन् जसले गर्दा उनीहरुमा यौनजन्य हिंसा बढ्दै जान्छ । हिसांले चरमरुप लिदा पनि बालबालिका पिडकको डरका कारण चुपलाग्न विवस हुन्छन् । यसले बालबालिकाहरु मानसिक रुपमा विचलित हुनुका साथै उनीहरुको शारिरीक र मानसिक वृद्धि विकासमा असर परिरहेको हुन्छ । जसले गर्दा उनीहरुको पढाई समेत विग्रेका थुप्रै उदाहरण छन् । तर, पनि हामीले हाम्रा बालबालिकालाई सम्झाउन सकिरहेका छैनौ । उनीहरुले आफु माथि भएको हिसांलाई खुलेर भन्न सकिरहेका हुदैनन् ।
‘एक्लै केटा मान्छे भएको ठाउँमा जानु हुदैन है आन्टी’ १० बर्षिया नानीले भनेको सुन्दा म अच्चमा परे । किन जानु हुदैन अनि कस्ले भन्यो भन्दा उनीहरुलाई डिस्टब हुन्छ भनेर बाबाले सिकाउनु भएको हो भन्ने उत्तर आयो । तिमी त्यहाँ गए असुरक्षित हुन्छौ भनेर उनको बाबाले किन भन्न सकेनन् । सहि र गलत छुवाइका बारेमा किन सम्झाउन सकेनन् ।
प्रतेक बर्ष देशभर बाल यौन दुराचार र अप्राकृतिक मैथुनका घटनामा बृद्धि भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा देशभर २१९ वटा बाल यौन दुराचारका घटना भएका छन् ।
त्यस्तै, २०७६/०७७ मा बाल यौन दुराचारका घटना २३२ वटा भएको छ ।चालु आर्थिक वर्षको कात्तिकसम्मको तथ्याङ्कअनुसार बाल यौन दुराचारको घटना ८३ वटा प्रहरीमा दर्ता भएको विभिन्न संचारमाध्यले बताएका छन् । यसले के देखाउछ भने हाम्रा बालबालिकाहरु झन असुरक्षित बन्दै गएकाछन् । त्यसका लागि हामी आफै पनि जागरुक हुन अति आवश्यक छ ।
सहि स्पर्श र गलत स्पर्शका बारेमा कसरी समझाउने त बालबालिकालाई
सहि स्पर्श ः जबकसैले स्पर्श गर्दा वा छुदा तिमीलाई सहज महशुस हुन्छ, तिम्रा संवेदनशिल अंगहरुमा छोएको छैन र तिमीलाई सहज लागेको छ भने त्यसलाई सहि छुवाई भनेर बुझनु पर्छ ।
ग्लत स्पर्श ः तिमीलाई कसैले समात्दा वा छुदा डर लाग्छ, दुख्छ, माया गरेको हो भन्ने लाग्दैन्, आफ्नो जस्तो पनि लाग्दैन भने गलत स्पर्श गरेको थाहाँ पाउन पर्छ । कसैले कपाल तान्ने, चिमोट्ने वा जिस्काउन गर्छ भने यो पनि गलत स्पर्शकै रुपमा हुन्छ भनेर सिकाउन पर्छ ।
तपाईको प्रतिक्रिया