बहिनीको हत्या आरोपमा १५ वर्षीय किशोर पक्राउ
2025-04-15-04-50-20.jpeg)
काठमाडौं- ललितपुरको मंगलबजारमा मृत फेला परेकी ११ वर्षीया किशोरीको हत्या गरेको आरोपमा उनका १५ वर्षीय दाइ पक्राउ परेका छन्।
चैत २९ गते मंगलबजार, खपिनछेँ टोलको एक घरको पानीट्यांकीमा ११ वर्षीया बालिकाको शव भेटिएको थियो। प्रहरीले ती बालिकाको हत्या आरोपमा उनका दाइ १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ। उक्त किशोरीको शव गत चैत २९ गते फेला परेको थियो।
बझाङ स्थायी घर भई ललितपुर महानगरपालिका वडा नं १२, मंगलबजार बस्ने भगबती बोहराले ११ वर्षीय छोरी दुर्गा बोहरा चैत ४ गते राति साढे ९ बजेबाट हराएको भन्दै ललितपुर प्रहरीमा निवेदन दिएकी थिइन्। खोजतलास गर्ने क्रममा चैत २९ गते ललितपुर महानगरपालिका वडा नं ९, खपिन्हेँस्थित बाबुराजा अवालेको पुरानो घरको भुईँतलामा रहेको पानी ट्याङकीमा सडेगलेको अवस्थामा बालिकाको शव फेला परेको थियो।
प्रहरीले ती किशोरीको हत्या भएको र उनका दाइ उक्त हत्यामा संलग्न रहेको अनुसन्धानबाट पत्ता लगाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया