ए आमा म भागरथी,ढोका खोलन !

सोमबार फागुन ३, २०७७/ Monday 02-15-21
Paschim Today

आमा म भागरथी
आमा !
ऐ आमा !
म भागरथी,
ढोका खोल न,
आमा , ढोका खोल न
तिम्रो थोत्रो स्वर,
जो मेरो लागी सधै
अमृत वाणी थियो,
जसले तिम्रो छोरीलाई
पाईला टेक्न सिकायो
हिँडन सिकायो,
समाजमा हरेक वस्तुहरू चिन्न सिकायो
कखरा पढन,
उकाली चढ्न,
अनि
ओराली झर्न सिकायो
आमा,,,,, ढोका खोल न,,,,,,,,,
म भागरथी,,,,तिम्रो छोरी

तिम्रो न्यानो काख
जो मेरो लागी सधैं सिरानी हुन्थ्यो,
झमक्क परेको साँझ,
एकछिन मै विहानी हुन्थ्यो,
गाई वस्तु, अनि बाख्रा चराउने
कुराकानी हुन्थ्यो,
त्यो थोत्रो स्वरले
भागरथी ,,,,,,
छोरी भागरथी,,,,,,
भनेर बोलाको सुन्ने मन छ
रहस्यमय केही कुरा
सुनाउने मन छ,
कोसेली लिएर आएकीछु,
गुनासोले भरिएको थैली
फुकाने मन छ
आमा ,ढोका खोल न,,,,,
म भागरथी,,,, तिम्रो छोरी
आमा
म बाहिर एकलै
ठिङ्ग उभिएकि छु,
आफ्नै आङ्गनमा उभिएर पनि
बिरानो लाग्न थालेको छ
चौतर्फी अंध्यारोको साम्राज्य
कठ्याङग्रीदो जाडो
अनि चिसो बतासको बेगले
दाँतहरू बोल्न थालेका छन्
आखाँहरु पिलपिलाउन थालेका छन्
हातहरु,खुट्टाहरु
बेस्सरी नाच्न थालेका छन्
जिऊ चल्न नसक्ने भएको छ,
शरीरका अन्य भागहरु
बिस्तारै निदाउन थालेका छन्
आमा ढोका खोल न
म भागरथी,,,,,,तिम्रो छोरी

बाहिरको जाडोले, सिमा नाँघेको छ
त्यो संग जुध्ने सामर्थ्य ,
म संग छैन
शरीर शिथिल भएको छ
अनि
जाडो छेक्ने म संग
न्यानो लुगा छैन,
पुरै जिऊ छोप्ने पछ्यौरी छैन,
सबै लुगा छियाँ छियाँ भएको छ,
लज्जा बोध हुने गरि
च्यातिएको छ,
म आफ्ना दुई हातहरुले
आफ्नै नग्न शरीर
छोप्न असमर्थ छु,
लुकाउन सक्ने तागत
हराएको छ,
शरिर गलेर
निथ्रुक्क भएको छ
आमा,,, ढोका खोल्न
म भागरथी,,,,,तिम्रो छोरी

त्यो जंगल जहाँ
लुकेर बसेका नरभक्षीहरु
शिकारको खोजीमा
ढुकेर बसेका जःगली
भेडीयाहरु आए
म घिसारिए आमा
कहिले उकालोमा
पछारिए
कहिले ओरालोमा घिसारिए
जब म घिसारिए
जब म पछारिए
त्यो जंगल जहाँ
रुखहरु, बोटहरु
बिरुवा, अनि
चराचुरुङ्गीहरु
सबै मेरा संङगी अनि साथीहरु थिए ।
ति सबै संङगीहरु मौन थिए
उनीहरु स्तब्ध थिए, निश्क्रिय थिए ।
मेरो असफल संघर्षका साक्षीहरु हुन
प्रमाणहरु हुन ,
आमा ढोका खोल न
म भागरथी,,, तिम्रो छोरी

दिदि निर्मलाको जस्तै
रहस्यमय ब्लयाकहोल भित्र
मलाई पनि
प्रवेश गराउन खोजेका छन
तर म ब्लयाकहोलका सबै पर्खालहरू
भत्काएर निस्कने छु
म पुर्व मेची बाट निस्किने छु
पश्चिम महाकाली र
सगरमाथा हिमाल बाट निस्किने छु
तराईको समथर भुभाग बाट
आगोको झिल्का भएर निस्किने छु ।
आमा ढोका खोल न
म भागरथी,,, तिम्रो छोरी

वर्तमान समाज जहाँ
मानवता मरि सकेको छ
सभ्यता सडि सकेको छ
कुरीति र कुसंस्कारको जग बेस्सरी हल्याउने छु,
देश भित्र बाट मात्र होईन विश्वका क्रान्तिकारी
बुलन्द हौसला र दृढता लिएर
जर्मनी जेनी मार्क्सको कोख बाट
रसिया नादेज्दा क्रुप्सकाया, अनि
पोल्याण्ड लक्जेम्बर्गको साहसिक व्यवहार
बनेर निस्किने छु ।
पाकिस्तान कि बेनिजीर भुट्टो,
भारतीय ईतिहासको जिउदो साहस
झासीकी रानीको तरवार
भएर निस्किने छु
कलमको टुप्पो अनि
मसिले कोरेका हरेक अक्षरहरूमा
समुन्द्रको ज्वारभाटा र सुनामी बनेर निस्किने छु
देश भित्र जुटी रहेका
ति सबै स्वरहरु मेरै हुनेछन
जुटी सकेका स्वरहरु
उठिसकेका बुलन्दीत आवाजहरुले
नजरबन्दका पर्खालहरु भत्किने छन,
परम्पराका रुढीवादी जंजिरहरु टुट्ने छन
तब समाजले परिवर्तनको मुस्कान फेर्ने छ
आमा म भागरथी
तिम्रो छोरी भएर                                                                      केशवनाथ योगी (एकान्त)