बाटो न बनाएको भन्दै स्थानीयद्धारा चक्काजाम
मंगलबार फागुन २५, २०७७/ Tuesday 03-09-21
Paschim Today
धनगढी,२५ फागुन । अत्तरिया चौक सुदूरपश्चिम प्रदेशका सबै जिल्लाको प्रवेश द्वार हो। जहाँ, पुग्ने वित्तिकै सुन्दर सुदूरपश्चिमको कल्पना गरेर आएका आगन्तुकहरूले सोचेभन्दा फरक पाउने गरेका छन्। वर्षौंदेखि अत्तरियाको मुख्य चौकको सडक फुटेको छ। फुटेको सडकमा गुडिरहने गाडीले उडाउने धुलोले साँच्चै प्रदेशको स्थायी राजधानी तथा प्रदेशकै प्रमुख प्रवेश द्वारका रुपमा रहेको अत्तरियालाई ‘गिज्याइ’ रहेको भान हुन्छ। हो, त्यही सडक वर्षौदेखि स्थानीयले मर्मत सम्भार गरिदिन पटक–पटक आग्रह गर्दा पनि अहिलेसम्म सुध्रिन सकेको छैन। स्थानीयले पटक पटक बाटो निमार्ण गनुपर्ने बताउदै आएपनि समबन्धीत निकायले कुनै चासो नदेखाएपछि आफुहरु सडकहरुमा उत्रिनुपरेको उनिहरुले बताएका छन् । आज उनिहरुले अत्तरिया चौकमा चक्काजाम गरेका छन् ।
तपाईको प्रतिक्रिया