कैलारी गाउँपालिकामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिदै, ९४ जनाको परिक्षण गर्दा ३७ जना पोजिटभ

शुक्रबार जेठ २१, २०७८/ Friday 06-04-21
Paschim Today

धनगढी, २१ जेठ । सरकारी तथ्याङले दिन प्रतिदिन कोरोना भाईरसको नयाँ केसमा कमी आईरहेको दावी गरेपनि कैलालीको कैलारी गाउँपालिकामा समुदाय स्तरमा कोरोना तिव्र रुपमा फैलिदै गएको छ । 

कैलारी गाउँपालिकाको वडा नम्बर १ मझरा गाउँका अधिंकास घरमा कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएपछि कैलारी गाउँपालिको समन्वय तथा ब्याकवाड सोसाईटी एजुकेशन वेस कैलालीको आर्थिक सहयोगमा ९४ जनामा एन्टी जोन विधी बाट कोरोना परिक्षण गर्दा ३७ जनामा कोरोना देखिएको हो ।

कोरोना पोजिटिभ देखिएका सवै विरामीमा कोरोनाको लक्षण देखिएको छ । कोरोना पोजिटिभ देखिएका ३७ जना मध्ये ३ जना विरामीमा अक्सिजनको मात्रा कम भएपछि उनिहरुलाई कैलारी गाउँपालिकाले स्थापना गरेको अस्थाई कोभिड अस्पतालमा पठाईएको छ भने बाँकी ३४ जना लाई होम आईसोलेशनमा राखिएको कैलारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटाले जानकारी दिए । 

उनले कैलारी गाउँपालिकाले बैशाख १ गते देखि हाल सम्म १ हजार ५५ जनाको कोरोना परिक्षण गर्दा ६ सय ६३ जनामा कोरोना देखिएकोमा ४ सय २६ जना सक्रिय संक्रिमत हुदाँ अहिले सम्म २ सय ६३ जना निएको र  १ जनाको मुत्यु भएको जानकारी दिए । 

उनले गाउँपालिकाले केहि दिन पहिले देखि समुदाय स्तरमा कोरोना परिक्षण गदै आएकोमा आज देखि वेस कैलालीले पनि सहकार्य शुरु गरेको बताए । उनले वेसले औषधी, परिक्षण किट, चिकित्सक लगायतको टोल खटाएका कारण कोरोना नियन्त्रणमा सहज भएको बताए ।

वेस कैलालीको टिममा सहभागी डाक्टर कुलराम चौधरीले पोजिटिभ देखिएका विरामी हेर्दा सामान्य लागेपनि केहिको अवस्था जटिल रहेको बताए । पोजिटिभ देखिएका ३७ जना मध्ये ३ जनामा अक्सिजनको मात्रा कम भएका कारण उनिहरु लाई गाउपालिकाले निर्माण गरेको अस्थाई अस्पतालमा पठाईएको बताए ।

डाक्टर चौधरीले मझरा गाउँमा आज गरिएको परिक्षण तथा त्यसपछिको नतिजाले अवस्था सुधार उन्मुख नभई भयावह तर्फ गईरहेको संकेत देखा परेको बताए । उनले यस विषयामा सम्बन्धीत निकायले वेलैमा ध्यान दिन आवश्यक रहेको बताए ।  

वेस कैलालीले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागी स्वास्थ्य घुम्ती टोली गठन गरी कैलारी गाउँपालिकामा कोभिड नियन्त्रणमा वेसले आज देखि काम शुरु गरेको ब्याकवाड सोसाईटी एजुकेशन वेसका केन्द्रिय सदस्य अविनास चौधरीले बताए ।

उनले अन्य स्थानिय तहको तुलनामा कैलारी गाउँपालिकामा बढी संक्रमण देखिपछि समुदाय स्तरमा परिक्षणका लागी गाउँपालिका संग समन्वय गरी काम गरिरहेको बताए ।

चौधरीले वेसले विशेषयज्ञ चिकित्सक सहहित औषधी उपचारको पनि ब्यवस्था गरेको बताए । त्यस्तै वेस कैलालीका संयोजक लक्षण चौधरीले १ नम्बर वडा बाट वेस कैलालीले कोरोना नियन्त्रण तथा रोकथामका लागी काम गरेपनि प्राथमिकताका आधारमा सवै वडामा परिक्षण गरिने बताए ।

उनले पहिलो चरणमा १० दिन सम्म स्वास्थ्य घुम्ती टोलीले गाउँपालिकामा काम गर्ने भएपनि यो अभियान लामो समय सम्म संञ्चालन हुने दावी गरे । 

वेस कैलालीले घर आँगनमै गएर कोरोनाको परिक्षण गरेपछि नागकिर भन्ने खुशी भएका छन् । गाउँका अघिकाशं मान्छे विरामी हुदाँ समेत कसैले वास्ता नरेको अवस्थामा गैर सरकारी संस्था वेसले गरेको कामको खुलेर प्रसंसा गरेका छन् । गाउँमा कोरोना परिक्षण नहुदाँ अन्योलमा वसेका नागरिक परिक्षण पछि खुशी बनेका हुन् । 

वेस कैलालीले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागी शूर गरेको स्वास्थ्य घुम्ती कार्यक्रमले कैलारी गाउँपालिका नागरिक लाई कोरोना परिक्षण तथा औषधी उपचारमा सहज हुने विश्वास गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीको पनि छ ।

स्वास्थ्य घुम्ती टोलीमा पुगेका चौधरीले गाउँपालिकाको एकल प्रयासले मात्रै यो महामारी नियन्त्रणमा चुनौति थपिदै गएका वेला वेस कैलालीको सहयोग महत्वपुर्ण रहेको दावी गरे ।

उनले भने कैलारी गाउँपालिका बाट हुने सहयोग तथा आवश्यक समन्यका लागी आफु र गाउँपालिका जुन सुकै वेलापनि तयारी अवस्थामा रहेको जानकारी दिए ।