Close This

प्रताप दासको ‘नाम केवल तिम्रो’ सार्वजनिक

बुधबार भदौ १६, २०७८/ Wednesday 09-01-21
Paschim Today

काठमाडौँ,१६ भदौ । गायक प्रताप दासको स्वरमा समावेश ‘नाम केवल तिम्रो’ सार्वजनिक गरिएको छ । सागर अधिकारीको संगीत रहेको यो गीतमा गीतकार डाक्टर डीआर उपाध्यायको शब्द समावेश छ । यो गीतले आफूले माया गरेकी मायालुको तारिफ गरेको छ ।

गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय हेर्न सकिन्छ । कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ ।