Close This

महाकाली नदीमा अबैध रुपमा भेडा, बोका तार्ने ४ जना पक्राउ

बिहीबार असोज २१, २०७८/ Thursday 10-07-21
Paschim Today

दार्चुला, २१ असोज ।  महाकाली नदीमा अबैध रुपमा भेडा, बोका तार्ने ४ जना पक्राउ परेका छन । दार्चुलाको महाकाली नगरपालिका – १ को सल्लेबगरमा भारतको धार्चुला गलाती भएर नेपालतर्फ तार्दै गरेको अवस्थामा प्रहरीले ४ जनालाई पक्राउ गरेको हो । 

दशैंका लागि भारतबाट अबैध रुपमा नेपालमा भेडा, बोका तारीरहेको सूचनाका आधारमा ४ जनालाई तारिरहेकै अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए ।