देशभर थप ५९६ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

आइतबार असोज २४, २०७८/ Sunday 10-10-21
Paschim Today

काठमाडौं, २४ असोज । पछिल्लो २४ घण्टामा देशभर  थप  ५ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १० जना संक्रमितको मृत्यु भएको तथा ८ सय ७१ जना संक्रमणमुक्त भइ डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये ९ हजार २ सय ३७ जनाको पीसीआर र ३ हजार १ सय ६७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

हाल मुलुकमा १५ हजार २४ जना सक्रिय संक्रमित छन् । अहिले ३ सय २२ जनाको सघन उपचार कक्षमा र १ सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।